गमक पोष्ट समाचारदाता / सिरहा, १ बैशाख । नेपाल पारा भेटेरीनरी एण्ड लाइभष्टक एशोसियसन सिरहाको १० औं जिल्ला अधिवेशले धनीराम पण्डितको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । सिरहाको धनगढीमाई नपा ५ तीनकोनिस्थित जनता माध्यमिक (प्राविधिक) विद्यालयमा सम्पन्न अधिवेशनले उपध्यक्ष गीता कुमारी चौधरी, सचिव रमेश कुमार सिंह, सह सचिव भुवनेश्वर यादव र कोषाध्यक्षमा रामजगत ठाकुरलाई चयन गरेको छ ।
अभिवेशनले सदस्यहरुमा कामेश्वर प्रसाद यादव, रुणा कुमारी सिंह, जिवछ यादव, रामविश्वास यादव, भोजराज यादव, रामनिवास यादव, चन्द्रनाराण झा र अन्नु कुमारी सिंहलाई चयन गरेको छ ।
अधिवेशनले ९ जना केन्द्रिय प्रतिनीधि पनि चयन गरेको छ । केन्द्रिय प्रतिनिधिमा योगेन्द्र महतो, महेश राय, नागेश्वर हाथी, रामाशिष साह, जिवनारायण यादवm शम्भु प्रसाद साह, सोनी सिंह, रामप्रसाद महतो र जितेन्द्र कुमार महतोलाई चयन गरेको छ ।