सुरेश राय / सिरहा, ३१ चैत । धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले स्थानीय तह गठनको ४ वर्ष वितिसक्दापनि पशु स्वास्थ्यलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न नसकिएको बताए । जनता माध्यमिक (प्राविधिक) विद्यालय तीनकोनिमा आयोजित नेपाल पारा भेटेरीनरी एण्ड लाइभष्टक एशोसियसनको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रमुख चौधरीले पशु स्वास्थ्यलाई व्यवस्थित र व्यवसायीक बनाउन आफूले गरेको कोशिषले व्यवस्थित हुन नसकेको बताएको हो ।
नयाँ प्रविधि र ज्ञानलाई लात्मसाथ गर्दै र पुरानाहरुको अनुभवलाई अवलम्वन गर्दै पशु स्वास्थ्य सेवालाई आधुनिक बनाउनु पर्ने मेयर चौधरीले बताए । उनले अहिले पुरानाले नयाँलाई नस्वीकार्ने र नयाँले पुरानाहरुको अनुभवहरुलाई वेवास्ता गर्दा यसले चाहेजस्तो काम गर्न नसकेको बताए ।

VEDA 4
कृषि पेसालाई अव व्यसायीक र आधुनिकीकरण गर्नुपर्ने बताउँदै मेयर चौधरीले त्यसका लाग पशु प्राविविधिकहरुको महत्वपूर्ण योगदान रहने बताए । उनलेभने, ‘अव घरमा दुईवटा भौंसी पाल्ने, अलिकति खेति गर्ने, सानो व्यसाय पनि गर्ने पुरानो तरिकाले हुँदैन पशु पालमा नै व्यसायीक ढङ्गले लग्नुपर्ने हुन्छ, त्यसलेमात्र कृषिमा आकर्षण बढ्छ ।’

VEDA 1
सोही क्रममा कर्जन्हा नगरपालीकाका मेयर गंगा पासवानले जिल्ला अधिवेशनमा ठूलो संख्यामा पशु चिकित्सक, प्राविधिकहरुको उपस्थितिले आफू खुसी भएको बताए । उनले देश बनाउने जिम्मा हामी सवैको भएको भन्दै सँगै मिलेर अगाढीबढ्न अनुरोध गरे ।
अधिवेश उद्घाटन समारोहमा एशोसियसनका केन्द्रिय अध्यक्ष रामप्रसाद महतोले किसानको मुहारमा खुसीआएमात्र हाम्रो अवस्थामा सुधार आउने बताए । उनले आफूहरु सोझै किसानसँग जोडिएको संस्था वा व्यवसाय भएकाले पहिलो प्राथमिकता किसानलाई खुसी पार्नु रहेको बताए । उनले किसानको पशु राम्रो भए हाम्रो व्यसाय त्यसै फष्टाउने बताए ।
उनले २०४७ सालमा स्थापना भएको एशोसियसन स्थापना काल देखिनै किसानको सेवामा सक्रिय रहेको सुनाए । देशैभरको सवै स्थानीय तहसम्म कमिटी रहेको यस एशोसियसनमा ३० हजार सदस्य रहेको बताए । उनले त्यस मध्ये ८० प्रतिशत सधै किसानकै सेवामा खटिने गरेको पनि जिकिर गरे ।
उद्घाटन समारोहमा एशोसियसनका जिल्ला अध्यष महेश रायले आफ्नो पालामा भएका गतिविधि सहितका प्रतिवेत प्रस्तुत गरेका थिए । अधिवेशनमा जिल्ला भरीका पशु चिकित्सक तथा प्राविधिकहरुको सहभागीता रहेको थियो ।

सोही अवसरमा अवकाश प्राप्त अग्रज व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेहरुलाई मेयर हरिनारायण चौधरीले कदर पत्र सहित सम्मान गरेका थिए ।