गमक पोष्ट समाचारदाता /  सिरह, ३१ चैत । वर्षौदेखि करिव दुई किलोमिटर टाढाबाट खानेपानील्याउनुपर्ने वाध्यता खेप्तदै आएका उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका १४ अम्बासका स्थानीयलाई घर–घरमै खानेपानीको धारा पुगेपछि स्थानीयखुशी भएका छन् ।
धनगढीमाई नगरपालिका र लिवर्ट संस्था एवम् स्थानीयको साझेदारीमा निर्माण सम्पन्नभएको अम्बास सिंचाई तथा खानेपानी जल उपभोक्ता समितिको आज विधिवत् रुपमा उद्घाटन भई घरघरमै जडित खानेपानीको धारामापानी आएपछि स्थानीयहरु हर्षित् भएकाहुन् ।
खानेपानी आयोजनाको उद्घाटन गर्दै धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले सम्पन्न खानेपानी आयोजनालाई सबैले अपनत्वहुने गरी पानी खानआग्रह गरे । खानेपानीको शुद्धताका बारेमा सबैले सचेत ढंगले अगाडि बढ्न आग्रह गर्दै नगरप्रमुख चौधरीले दिर्घकालीन रुपमा खानेपानीलाई टिकाउन सबैको सहयोग अपरिहार्य रहेको जनाए ।
भौगोलिक रुपमा कठिनाई रहेको उक्त क्षेत्रका २२ घर परिवारका नगरपालिकाको ७ लाख १९ हजार, लिबर्ड संस्थाको ३ लाख अस्सी हजार र करिव ५ लाख स्थानीय जनश्रमदान गरी पन्द्रहलाख ८८ हजार ६ सय ५५ रुपैयाको त्रीपक्षीय लगानीमा उक्तखानेपानी योजनाको काम सम्पन्न भएकाहुन् । निर्माण कार्य सम्पन्न गर्न ५ महिना समयावधि दिएपछि स्थानीयको लगनशीलताको कारण दुई महिना २० दिनमै उक्तआयोजना सम्पन्न भएकाहुन् ।
१४हजार लिटर अट्ने खानेपानी ट्यांकीनिर्माणले त्यस वरपरका २२ घर परिवारलाई घरघरमै जडिते धाराबाट खानेपानी उपलब्धहुनेछ ।
त्यसबेला स्थानीयले खानेपानी घर घरमै ल्याई पुर्याइदिएको भन्दै नगरप्रमुख हरिनारायण चौधरी, उपप्रमुख फुलकुमारी श्रेष्ठ, ईन्जिनियर रामानन्द चौधरी, लिवर्ड संस्थाका प्रतिनिधिलगायतलाई सम्मान गरेका थिए ।