गमक पोष्ट समाचारदाता / सिरहा, ३१ चैत । सिरहाको लहान नपा ७ मा रहेको महालक्ष्मी ज्वेलर्सका प्रोपराइटर राजेश सारडाको घरमा समसाझै डाका समूले फिल्मी सैलीमा लुटपाट भएको सुनचाँदी सहित गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । डाका समूहले सोमबार वेलुका घरका सवैलाई नियन्त्रणमा लिई राजेशको छोराको कन्चटमा पेस्तोल राखेर घरमा रहेको सुन चाँन्दीको गहना लुटपाट गरेको समाग्री प्रहरीले सिरहाको कल्याणुर नपा १२ बेलहाबाट नियन्त्रणमा लिएको हो ।
लुटेका सामग्री सारडाकै बा १० च ९३०२ नम्वको कारमा राखेर डाकाहरु भगेका थिए । घटनाको करिव ३ भण्टा भित्रै लहानभन्दा करिव ४० किलोमिटर पश्चिम दक्षिण कल्याणपुर नपा १२ बेलहाबाट लुटिएका सुन चाँदी र कार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपनकुमार दहाले जनाए ।
चारैतिरबाट प्रहरीले घेरा हालेको थाहापाएपछि लुटेराहरु भागेको बताइएको छ । रातको समय भएको र झारजङ्गलतर्फ भागेकाले लुटेराको संख्या यकिन नभएको प्रहरीले बताए । स्थानीयले भने गाडीमा ३ जना रहेको बताएको छ ।
प्रहरीले चाँदीको गलामा हसुली ७७ थान, गोडामा लाउने कल्ली ६० थान, चुरी २६ थान, पायल (पाउजु) ८२ थान र चाँदीको सिक्का २ सय ७४ थान ४४ केजी २ सय ११ ग्राम चाँदी र ८ ग्रामको सुनको ब्रासलेट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
अहिलेको मूल्य अनुसार सहित ४० लाख ६९ हजार २ सय ८८ रुपैयाँको चाँदी र ६१ हजार ९ सय ९५ रुपैयाँको सुन रहेको बताइएको छ । लुलिएको गहना र गाडी इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सारडाको अवस्था अझै अचेत रहेकाले एतिनै सामान लुटिएको एकिन भने नभएको वताइएको छ । उनले प्रहरीसमक्षभने यति नै सामान लुटिएको बताएको छ । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।
लहान बजारको मूख्यभागमा रहेको घरमा साँझै पुगेका ६÷७ जनाको समूहमा पुगेका डाकाहरुले घरमा रहेका सवै मोवाईल नियन्त्रणमा लिएर, ल्याण्ड फोनको तार काडेर सवै सामान लुटेको बताइएको छ ।
हतियारधारी समूहले दुई वटा दराजको लकर फोडेर सुनचाँदी लुटेको सारडा परिवारले जनाएको छ । साँचौ दिन नमान्दा राजेशका बुबा भागीरथ र श्रीमती मञ्जु सारडाको हात र टाउकोमा चोट लागेको छ । उनीहरु प्राथमिक उपचार पछि घरमै रहेको बताइएको छ ।
शनिबार राति पनि हतियारधारी डाँका समूहको आक्रमणबाट लहान नगरपालिका २३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका प्रदिप मिझारको हत्या भएको ३६ घण्टा नपाउदै लहानमै दोस्रो सशस्त्र डाका समूले लुटपाट गरेका हुन् । लुटपाटको घटनापछि स्थानीय व्यसायी ससंकित बनेको छ । घटनापछि आज दिनभरी सुनचाँदी पसल बन्द रहेको छ ।
कुनै संगठन भन्दा पनि व्यवसायीहरुले हत्या लगातै डकैतिको घटना भएकाले ससंकीय व्यवसायीले पसल बन्द गरेर बसेको सुनचाँदी व्यसायी महासंघका जिल्ला अध्यक्ष विकास अग्रवालले जानकारी दिए ।