गमक पोष्ट समाचारदाता / सप्तरी, ३० चैत । सप्तरीको सुरुङ्गा नगर पालिका –७ हरिपुरमा एक दिने निः शुल्क पशु स्वास्थ शिविर सम्म्पन भएको छ ।
लहान प्राविधिक शिक्षालय लहान सिरहाको आयोजना तथा सुरुङ्गा कृषि सहकारी संस्था लि. हरिपुर –७ को सहयोगमा भएको सो एक दिने पशु स्वास्थ शिविरमा हरिपुर, पोखरीया, चकदह, बसानपट्टि लगायतका २ सय ४० जना कृषकहरुले आफना पशुहरुलाई भ्याकसिन लगाएर प्रत्यक्ष लभावित भएको सहयोगि संस्था सुरुङ्गा कृषि सहकारी संस्था लि. का अध्यक्ष बिरेन्द्र प्रसाद ठाकुरले जानकारी दिए । शिविरमा लहान प्रविधिक शिक्षालय लहान सिरहाका डा. प्रदिप कुमार मण्डल, मिन बहादुर सिंह, बिनोद कुमार यादव, बच्चेलाल मुखियाँ, लगायत ५५ जना भेटनरी प्ररिक्षार्थीहरु सहभागिता रहेको सुरुङ्गा कृषि सहकारी संस्था लि. का सचिव बसन्त कुमार साहले जानकारी दिए ।
शिविरमा सहगोग गरेका सम्पूर्ण सहभागिहरुलाई सुरुङ्गा नगर पालिका –७ हरिपुरका वडा अध्यक्ष शिव नरायण चौधरी, वडा सदस्य शान्ति देवी मण्डल, सहयोगि संस्गाका अध्यक्ष बिरेन्द्र ठाकुरले दोसल्ला, फूलमाला तथा अबिर लगाएर सम्मान गरेका थिए ।