गमक पोष्ट समाचारदाता / सिरहा, २९ चैत ।  लहानका सुनचाँदी व्यवसायी प्रदिप विश्वकर्मा हत्यारालाई छिटोभन्दा छिटो पक्राउ गरी कार्वाहीको माग गर्दै लहानमा आज अपरान्ह विरोध प्रदर्शन गरेका छन् । सुन चाँदी व्यसायी, संयुक्त दलित संघर्ष समिति सिरहा, विश्वकर्मा समाज र नागरिक समाज समिल्लित संयुक्त संघर्ष समितिले शान्तिपूर्ण प्रदर्शन सहित लोकतान्त्रिक चोकमा कोणसभा गरेका हुन् ।

lahan BK 4
प्रदर्शन कारीहरुले घटनाको उचित छानविन गर्दै दोषीमाथी कडाभन्दा कडा सजायको माग गरेका छन् । कोण सभामा विश्वकर्मा समाजका जिल्ला अध्यक्ष उमेश बरालले घटनाको सहि छानवीनसहित अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कार्यवाहीको माँग गरेका छन् । उनले यो घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कार्वाही नगरेसम्म आन्दोलन जारी रहने पनि बताएको छ ।

lahan 0
घटनाकै विरुद्धमा प्रदेश नम्वर २ का सम्पूर्ण सुनचाँदी पसलहरु बन्द रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्याक्ष भरत अग्रवालले बताए । सुनचाँदी व्यसायीहरुमाथि पटक पटक लुटपाट, हमला र हत्या हुँदै आएको भन्दै सुरक्षाको ग्यारेन्टीका माँग राखी चरणवद्ध आन्दोलनमा उत्रिएको उपाध्यक्ष अग्रवालले जनाए । उनले सरकारसँग मृतका घाइते श्रीमतीको उपचार, उनका बच्चाहरुको वढाई लेखाईको ग्यारेन्टी सहित क्षतिपूर्तीको माँग गरेको बताए ।
सिरहाको लहान नगरपालिका २३ गढिया चौकमा सुनचाँदीका पसल सञ्चालन गदै आएका लहान २२ वर्छवाका ३९ वर्षिय प्रदीप मिझार (विश्वकर्मा) लाई लुटेराहरुको समूले गएराती गोली प्रहार गरी हत्या गरेका छन् । लुटेराको आक्रमणबाट उनकी श्रीमती ३५ वर्षिय अमिता दुलाल (विश्वकर्मा) गम्भिर घाइते भएकाछन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।
हत्यामा संलग्न रहेको आशंकामा लहान नपा ७ का २६ वर्षिय रामकृष्ण चौधरी लहान नपा २३ गढियाका २९ वर्षिय सूर्य सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख सुदिप राजभण्डारीले जानकारी दिएको छ । चौधरीलाई घटनास्थलबाटै फलामे छिनोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । सहनीलाई भने आज विहान पक्राउ गरेको जनाएको छ ।
मृतक युवकको जिउभरी धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई धारीलो हतियारले काटेर गोली प्रहारगरी हत्या गरेको हुन सक्ने बताएको छ । ६÷७ जनाको समुहमा आएका लुटेराहरुले उनको श्रीमतीमाथि पनि धारीलो हतियार प्रहार गरी घाइते बताएको हो । आफन्तले भने व्यक्तिगत रिसिविका कारण हत्या गरेको आशंका गरेको छ । लहान २२ मा घर भएपनि विगत एक दशक देखि अन्यत्र बसेर कामगर्दै आएको बताइएको छ ।
प्रहरीका अनुसार गोली हानी हत्या गरिएका युवक २३ नम्वरका वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए । पसल र डेरा एकै ठाउँ रहेका उनी श्रीमतीसहित त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ । शव पोष्टमार्टमको लागि राउस्मारक अस्पताल लहानमा राखिएको छ । भोलीमात्र पोष्टमार्टम हुने बताइएको छ ।