गमक पोष्ट समाचारदाता/  सिरहा, २९ चैत । सिरहाको लहान नगरपालिका २३ गढिया चौकमा सुनचाँदीका पसल सञ्चालन गदै आएका एक युवकको गएराती लुटेरा समूहले गोली हानी हत्या गरेका छन् । लुटेराको आक्रमणबाट लहान २२ वर्छवाका प्रदीप मिझार (विश्वकर्मा) रहेका छन् । लुटेराको आक्रमणबाट उनकी श्रीमती अमिता विश्वकर्मा गम्भिर घाइते भएकाछन् ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन कुमार दाहालका अनुसार लुटेराले ती यूवकका श्रीमतीमाथि समेत कुटपिट गरेका छन् । मृतक युवकको जिउभरी धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि गोली प्रहारगरी हत्या गरेको देखिन्छ ।
प्रहरीले संकाशपद दुई जनालाई नियन्त्रणमा लिएको डिएसपी दाहालले जानकारी गराए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको उनले बताए । उनीहरुको परिचयभने प्रहरीले खोल्न चाहेन ।
आफन्तले भने व्यक्तिगत रिसिविका कारण हत्या गरेको आशंका गरेको छ । लहान २२ मा घर भएपनि विगत एक दशक देखि अन्यत्र बसेर कामगर्दै आएको बताइएको छ ।
प्रहरीका अनुसार गोली हानी हत्या गरिएका युवक २२ नम्वरका वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए । पसल र डेरा एकै ठाउँ रहेका उनी श्रीमतीसहित त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ ।

                                                                                                                          फाइल फोटो