गमक पोष्ट समाचारदाता / सिरहा, २८ चैत । लाहान मालपोत कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले थप एक जना युवकलाई नियन्त्रणमा लिएको छ । गत चैत १ गते लहान नपा ८ दुईनम्वर रोडमा रहेको मालफोत कार्यालयको दोस्रो तल्लामा बम विष्फोट गराएको आरोपमा प्रहरीले आज विहान ११ बजे लक्ष्मीपुर पतारी गाउँ पालिका ३ लवकाटोलका २० वर्षिय गुड्डु भन्ने रामजतन मुखियालाई खोजतलासको क्रममा लहान नपा १ लोकतन्त्र चौकबाट पक्राउ गरेको हो ।
पक्राउ गरेका मुखियालाई इलाका प्रहरी कार्यालय लहानमा राखि अवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।
प्रहरीले यस अघि पनि बम विष्फोट घटनामा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले चैत १७ गते सुखिपुर नगरपालिका ५ का २५ वर्षिय रामरिझन यादव र लक्ष्मीपुरपतारी ३ का २६ वर्षिय अभिमन्यू गिरीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखि अनुसन्धान गरिरहेको जनाएको छ ।
विष्फोटमा परी कर्मचारी र सेवा ग्राहि सहित ९ जना घाइते भएका थिए ।                                        फाइल फोटो