गमक पोष्ट समाचारदाता / काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रका चार जना मन्त्रीको सांसद पद खुस्केको छ । बिहीबार बसेको सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार सांसद पदमुक्त भएको घोषणा गरेको हो । माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । उनीहरु चारैजना मन्त्री वर्तमान सरकारका मन्त्री हुन् । संसद पद खुस्केपछि उनीहरुको मन्त्री पद पनि धरापमा परेको छ ।