गमक पोष्ट समाचारदाता / सिरहा, २६ चैत । सिरहाको सदरमुकाम सिरहा, लहान सहितका बजारक्षेत्रमा सडकमा सवारी साधनको ठक्करले मर्ने जनावर व्यवस्थापनमा समस्या देखिएको छ । समावरी साधनको ठक्करबाट मरेका जनावरहरु कुहिएर दुर्गन्ध बढ्दा समेत सरोकारवाला निकायले चासो नदेखाउँदा दुर्गन्ध फैलिएको हो ।
स्थानियवासीहरुलाई समेत त्यसको व्यवस्थापन कसले गर्ने अझै थाहा पाएको छैन् । यसले सडकका पैदल यात्रा गर्ने स्थानिय तथा सवारीमै यात्रा गर्नेलाई समेत प्रभावित पारेको छ । यसरी सवारीको ठक्करले मर्ने जनावरहरु उठाउने जिम्मा लिएको स्थानिय निकाय नगर पालिका गाउँपालिकाहरुले चासो नदिएको सर्वसधारणहरुको गुनासो छ । उनीहरु सडकमा हप्तौसम्म जनावर कुहिएका देन्खिछन् तर नगर पालिकाले नहटाउँदा स्थानीयभने दुर्गन्धमा वस्न बाध्य भएको बताउँछन् ।
सडकमा मरेका गाई, गोरु जस्ता ठूला जनावर तत्काल उठाए पनि कुकुर, विरालो, स्याल जस्ता साना जनावर भने उठाउन आलटाल गर्ने गरेको लहानका स्थानीय व्यवसायीहरुले बताए । स्थानिय निकायले मरेको कुकुर, विरालो र स्यालजस्ता साना जनावर नउठाएपछि सडकमै कुहिएर दुर्घन्ति हुने गरेको छ । हामीले बारम्बार जानकारी गरेर पनि उठाउदैन उनले बताए । उनले भने,‘ सडकमा सवारीले किचेका जनावर कुहेर माटो बन्दा पनि हटाएको देखिदैन ।’
स्थानीयहरुले सडकमा मरेको जनावर उठाउने जिम्मेवारी पाएको निकायले सर्वसधारणको स्वास्थ्यसंग खेलवाड गरिरहेको गुनासो गरे । स्वास्थ्यकर्मीहरुले सडकमा मरेका जनावर कुहिएर फैलिएको दुर्गन्धले सर्वसधारणको स्वास्थमा असर पार्ने बताए । सडकमै कुहिएपछि त्यसको धुलो हामीले प्रयोग गर्ने खानेपानीमा र स्वास लिदा सीधै मिसिन सक्छ; जसका कारण धेरै प्रकारको रोग लाग्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । रोग लागेको जनावर भए सर्वसधारणलाई झन बढि असर गर्ने उनीहरुको भनाई थियो । त्यसैले कुनैपनि जनावर परेर कुहिनुभन्दा अगावै व्यवस्थापन गर्नु आवश्यक छ ।

                                                                                                                       फाईल फोटो