गमक पोष्ट समाचारदाता / खोटाङ, २५ चैत । खोटाङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । तारेभीर सामुदायिक वनमा लागेको आगलागीमा परेर बराहपोखरी गाउँपालिका २ सुन्तलेकी ७३ वर्षीया डम्बरकुमारी आले मगरको मृत्यु भएको हो ।
बुधवार दिउँसो जङ्गलमा लागेको आगोको लप्काले भेट्दा वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरको विभिन्न भागमा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ । वृद्धालाई उद्धार गर्नेक्रममा दुई जना घाइते भएको बताइएको छ ।