गमक पोष्ट समाचारदाता / जनकपुर, १९ चैत । नेपाल पत्रकार महासंघको २५ गते हुने निर्वाचनको लागि प्रदेश २ बाट अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पत्रकारहरु नवलकिशोर यादव, जीतेन्द्र प्रसाद सिंह र राजेश कुमार कर्णले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
यादव प्रेस संगठन–प्रेस यूनियनको संयुक्त प्यानलको नेतृत्व धनुषका नवलकिशोर यादवले गरेका छन् । जीतेन्द्र सिंह मधेसी पत्रकार समाजको नेतृत्वमा र धनुषाकै कर्ण प्रेस चौतारी–प्रेस मञ्चको तर्फबाट उम्मेदवारी दिएको बुझिएको छ । सिंह सर्लाहीका हुन् भने यादव र कर्ण जनकपुरका हुन् ।
जनकपुरस्थित नेपाल पत्रकार महासंघमा भएको मनोन दर्ता कार्यक्रम राखिएको थियो । कुल २१ पदका लागि ५५ जनाको उम्मेदवारी परेको छ । महासंघको जिल्ला, पैदेश र जिल्लाका सवै एकैपटक निर्वाचन यही चैत २५ गते हुने छ ।
२१ पदका लागि