गमक पोष्ट समाचारदाता / सिरहा, १९ चौत । विद्युतीयभुक्तानीको माध्यमबाट कारोवार गर्ने उद्देश्यले कृषिविकास बैंक लिमिटेडले संचालन गरेको किसानक्रेडिट कार्ड सिरहाको सुखीपुर शाखाले ९१ वटा किसानलाई वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी शुरुवात गरेको कार्ड वितरण प्रक्रिया निरन्तर चलिरहने बैंकले जनाएको छ ।
प्रदेश नं। २ मै हालसम्म सबैभन्दा बढी वितरित किसानक्रेडिट कार्डले क्रेता र बिक्रेताबीच कारोवार गर्नमा सहजताल्याउने कृषिविकास बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले वताउनुभयो ।
ग्रामीण अर्थतन्त्रलाई डिजिटलीकरण गरी सूचनाप्रविधिमापहुँचल्याउनुको साथै कृषिउत्पादनतथाबजार जोखिमकम गर्नुको साथै किसान ऋणमा समेत सहजपहुँच पुर्याउने उद्देश्यकिसानक्रेडिट रहेको जनाएको छ ।
आर्थिक वर्ष २०७७।०७८ को मौद्रिकनीतिअनुरुप कृषिविकास बैंक लिमिटेडलाई सरकारले वितरण गर्न दिएको जिम्मेवारी अनुसार बैंकले ७७ वटै जिल्लामावितरण गरिंदैछ ।
कृषिलाई नछोड्ने, अरुलाई जोड्ने नितीअनुरुप सिराहामा रहेका ५ कार्यलयमा रहेका करिब ३३ हजार खाता ग्राहकबाट करिब १ अर्व निक्षेप संकलनभएका छन् भने झण्डै ६ हजार कर्जा ग्राहकलाई ३अर्व कर्जा प्रवाह गरिएको छ ।
सिरहाजिल्लाअन्तर्गत ग्रामीण भेगमा रहेका सुखीपुर शााखामा ५३ करोड कृषकहरुलाई ऋण प्रवाह गरेका छन् । अत्याधुनिक एटीएम मेशिन समेत जडान भएको सुखीपुर शााखामातीन सय बढी एटीएम कार्ड होल्डर किसानहरु रहेको सुखीपुर शाखाप्रबन्धक राजेन्द्र महतोले जानकारी दिनुभयो ।