गमक पोष्ट समाचारदाता \ काठमाडौं, १६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभर वायु प्रदूषण बढेपछि मंथदबारदेखि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयले वायु प्रदुषण बढेकाले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय वन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलि मंथदबादेखि शनिबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।
वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकासहित देशभर गत शुक्रबारदेखि मौसम प्रतिकूल बनिरहेको छ।
धूवाँ, धूलो मिश्रित तुवाँलोले काठमाडौंसहित देशैभरको आकाश धुम्म बनेको छ। सरकारले वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले मौसममा सुधार नभएसम्म घरबाहिर अत्यावश्यक कामबाहेक ननिस्कन पनि भनेको छ।