सुरेश राय \ सिरहा, १३ चैत । सिरहाको नरहा गाउँ पालिका ३ मा रहेको अनुराधा हेल्थ केयर एण्ड डाइगोनेसटिक सेन्टरका डाक्टरको लोभका कारण एक वृद्धको मृत्यु भएको छ । पैसा थुत्नकै लागि समयमा थप उपचारको गर्न रेफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षिय रामसुफल महतोको विहिवार राती मृत्यु भएको हो ।

Cfhoharwa
ब्लडप्रेशर हाइ भएर ९ गते सोमबार महतोलाई हेल्थ केयरमा भर्ना गरिएको परिवारजनले जनाएको छ । भर्ना भएकै दिनदेखि विरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारी महतोले डाक्टरलाई अन्यत्र रेफर गर्न भनेपनि यही ठिक हुन्छ भन्दै राखेको जनाए । उनले अन्तिममा आफ्नो केही नचलेपछि वडा अध्यक्ष अनीसुल मियालाई ल्याएर भन्न लगाई हिजो वेलुका विराटनगर लग्ने क्रममा बाटोमै मृत्यु भएको बताए ।
डाक्टर सञ्जय यादवले आफूले रामै्र औषधी चलाएको बताए । उनले आफूले राम्रै मेहनत गरेको भन्दै घटनाप्रति दुख व्यक्त गरे । उले आफूले समयमै अन्यत्र लग्न भनेपनि परिवारले नलगेको बताए ।
पोलि क्लिनि तथा हेल्थ केयर सेन्टरहरुले विरामी भर्ना गरेर उपचार गर्न नपाउने व्यवस्था भएपनि सिरहाका सवैजसो पोलिक्लिनिकहरुले विरामी भर्ना लिएर उपचार गराउने गरेको पाइएको छ । पूर्वाधार र स्वास्थ्यकर्मीको उचित व्यवस्थापन नहुँदा सिरहाका पोलिक्लिनिकहरुमा यस्ताघटनाहरु प्टक पटक हुने गरेको छ ।