गमक पोष्ट समाचारदाता


सिरहा, ६ चैत । सडक, विजुली र भवन वनाउनुमात्र समग्र विकास नहुने कल्याणपुर नगरपालीकाका कार्यपालीकाका सदस्य बुलो महराले बताएको छ । कल्याणपुर नपा वार्डनम्वर ३ को सहयोग र दलिल विकास मञ्च, सिरहाको आयोजनामा सम्पन्न दलित महिलाहरुलाई जनचेतनामूलक कार्यक्रममा कार्यापालीका सदस्य महराले सम्पूर्ण विकासको लागि जनचेतनाको पनि आवश्यकता रहेको बताएका हुन् ।
उनले आफ्नो वडाका दलितमहिलाहरुलाई जनचेतनामूलक कार्यक्रममार्फत जागरण गरेको प्रति खुसि व्यक्त गरे । उनलेभने, ‘म विकासको अन्य कामसँगै महिलाहरुको हक अधिकार र कर्तव्यको विषयमा जागरणमूलक कार्यक्रमले म अत्यन्त खुसी भएको छु ।’
त्यसैगरी अर्का वडा सदस्य मो. कारी रायणले पनि यस्ता खालका कार्यक्रमले गाउँका महिलाहरुमा पनि जागरण ल्याउने विश्वास व्यक्त गरे । उनले सचेत समाजमा नै राम्रो विकास हुने भन्दै महिला पनि शिक्षित र सचेत हुनुपर्नेमा जोड दिए ।
दलित विकास मञ्चका सचिव रामचन्द्र महराले आफ्नो संस्था दलितहरुकै हक अधिकार र उनीमा हुने अन्याय अत्याचारको विषयमा कामगर्ने संस्था भएको बताए । उनले यस्ता खालका कार्यक्रमहरुले दलित महिलाहरुले आफ्नो अधिकारको विषयमा थोरैभएपनि बुझेको आशाव्यक्त गरे ।
कार्यक्रममा मौलिक हक, जातीय छुवाछुत तथा भेदभाव सम्बन्धि ऐन कानुन, लैङ्गिक हिंसा यसका प्रकार र कानुनी उपचारको विषयमा छलफल चलेका थिए ।
त्यसैगरी, घरेलु हिंसा, लैङ्गिक समानता, बाल विवाह त्यसका असर र कानुनी उपचार तथा स्थानीय सरकारका कार्यक्षेत्र, काम कर्तव्य र अधिकारको विषयमा छलफल भएको संस्थाका रविन महराले जानकारी दिए ।