गमक पोष्ट समाचारदाता


सिरहा, ४ चैत । चरम गरीवीको कारण गाउँघरमा माटोको काम गरेर गुजारागर्ने सिरहा धनगडीमाई नगरपालिकाका सीमान्तकृत भूमीहीन सदाय (मुसहर) समुदायहरु नागरिक्ता नहुँदा भूमीबाट बञ्ति भएकाछन् । नागरिक्ता नभएको कारण तीनदर्जन भूमीबाट बंचित हुनुपरेपछि उनीहरुले सरकारसंग नगरगिक्ता माँग गर्दै भूमीको ब्यवस्थागरिदिन माँग गरेकाछन् ।
सरकारले दलित, गरीव, भूमीहीन र अव्यवस्थित बसोबाँस गरेकाहरुका लागि भूमीको व्यवस्थागर्न भूमी आयोगको गठन गरेकोछ । सरकारले गठन गरेको भूमी आयोगले पहिलो चरण अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सहित अधिराज्यभरि १४ वटा नगरपालिकाहरुमा लगत संकलनको कार्य सम्पन्न गरेको छ । तर सिरहाको धनगडीमाई नगरपालिकामा नागरिक्ता नहुँदा ३४ घरपरिवार सीमान्तकृत मुसहर समुदायहरु भूमीबाट बञ्ति हुनेभएको हो । पुस्तौं पुस्तादेखि बसोबाँस गर्दै आएको थातथलो नगरिक्ताको कारण लगत संकलन नहुँदा आफूहरु भूमीबाट बंचित हुने भएको उनीहरु बताउँछन् ।
धनगडीमाई नगरपालिका ९ मुसहरनियाँका २५ वर्षिय देवकी सदायको परीवार नागरिकता नभएकै कारण पूस्तौंदेखि आफै वसोवास गर्दै आएको थलोको स्वामित्वबाट फेरी वञ्चित हुने भएको छ । उनले सरकारले भूमिहिनहरुलाई स्वामित्व दिनेभनेपनि नागरिक्ता नभएकै कारण आफूहरु बसेकै जमिनको स्वामित्वबाट बञ्चित हुनेभन्दै चिन्ता व्यक्त गरे ।
उनीमात्र हैन वस्तिमा अधिकाम्सको नागरिक्ता छैन । भएकाहरुको पनि धेरैको वुवाकै जन्मसिद्ध नागरिक्ता भएकाले छाराहरु नागरिक्ता विहिन छन् । मुसहर्नियाँर्कै ६७ वर्षिय रासो सदालेभने, ‘वस्तिमा धेरैका नागरिक्ता छैन, भएकाहरुको पनि बुवाको जन्मको आधारमा नागरिक्ता लिएकाले छोराहरु नागरिक्ता विहिन छन् । उनले नागरिक्ता नभएकै कारण पुस्तौंदेखि वस्दै आएको जमिनमा स्वामित्व प्राप्तहुने आशापनि अव मर्न थालेको बताए ।
दलित, गरीव , भूमीहीन, अल्पसंख्यक र अव्यवस्थित बसोबाँस गरेकाहरुका लागि भूमीको ब्यवस्थागर्न गत माघ महिनादेखि लगत संकलनको कार्य शुरु गरेको र नगरिक्ता नहुँदा नगरपालिकाका ३४ भन्दा बढी घरपरिवार मुसहर समुदायहरु भूमीबाट बंचित हुने भएको धनगडीमाई नगरपालिकाका प्रबक्ता तथा वडा नम्वर ९ का वडा अध्यक्ष प्रकाश योङजनले बताए । उनलेभने सरकारको पहिलो सर्तनै नागरिक्ता हुनुपछ भन्ने हो, उनीहरुसँग त्यो नै छैन, त्यसैले उनीहरुले जमिनमा स्वामित्व पाउने सम्भावना कम छ ।’
नगारिक्ता नभएकै मुसहर समुदायहरु सामजिकसुरक्ष भत्ता, बालपाृषण भत्ता, बिजुलीबत्ति जस्ता आधारभुत सेवाबाट बंचित छन् । सिरहा धनगडीमाई नगरपालिकाका मुसहर समुदायहरुले तीन नै तहका सरकारसंग नारिक्ता व्यबस्था गरिदिन माँग गरेकाछन् ।
भूमि संयोजक संजय चौधरीले नगरपालिका १४ वडाबाट २ हजार ६ सय २६ घर परिवारको लागत संकलन गरिएको बताए । संकलित सवै फर्महरु दर्ता भईसकेको पनि उनले जानकारी दिए । उनले सरकारी सुविधालिन सवैभन्दा पहिलो सर्त नागरिक हुनुपर्ने बताउँदै नागरिक्ता नभएकाहरु यो प्रकृयामा सहभागी हुनै नपाउने बताए ।
सिरहामा सदाय समुदायको ५० हजार भन्दा बढी जनसङ्ख्या रहेको करिव ९० प्रतिशत भन्दा बढीको भूमिमा स्वामित्व नरहेको बताइन्छ । जसका कारण उनीहरु राज्यभित्रै राज्य विहिनताको अवस्थामा रहेका छन् ।