गमक पोष्ट समाचारदाता
काठमाडौं, ४ चैत । पत्रकारहरुको साझा सँगठन नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासंघका उपलब्ध केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।
महासंघको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।
चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने सचिव प्रकाश थापाले जानकारी दिए ।
। निर्वाचनको मिति तय भएसँगै पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले आजैदेखि काम अघि बढाउने जनाइएको छ ।
समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।