शम्भु चौधरी
लहान ३ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका १ बाखरको जनता आधारभुत बिद्यालयमा पूर्वविद्यार्थीले लाखौं मुल्य बराबरको शैक्षिक सामाग्री सहयोग गरेको छ । बुवा बालदेब महतोको सम्झनामा विद्यालयका पूर्वविद्यार्थी विदोदले स्कुल बालबालिकाहरुको लागि खेलकुद सामग्री, दराज, सहित विभिनन पुस्तक लगायत दर्जनौं सामाग्रीहरु सहयोग गरेको हो ।
उनले आफ्नो सुरुवाती शिक्षा यही विद्यालयबाट अध्यन गरी हाल सिए सम्म अध्यन गर्न सफल भएको बताउँदै पहिलाको तुलनामा स्कुलको शिक्षा प्रणाली निकै नै खसकिएको देखेर दुःख लागेको बताए । २०४९ सालमा स्थापना भएको स्कुलको अहिलेको बेथिति प्रति दुस्ख व्यक्त गरे ।
विद्यालयकम जेष्ठ सदस्य जवाहर पासमानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगर पालिका वडा नम्बर १ का अध्यक्ष सुर्यनारायण महतोका अनुसार स्कुलमा बाहिरको ब्यक्ती होइन घर नजिकैका अभिभावकहरुले स्कुलमा राजनीतिको अडा बनाएको अध्यक्ष महतोले बताए ।
विद्यालय सुधारको लागि सवैको साथ सहयोगको जरुरी भएको अध्यक्ष महतोले बताए । उनले धेरै दलित समूदायको विद्यार्थी रहेको भन्दै यसलाई झन व्यवस्थित बनाउन असहज भएको बताए ।
बिशिस्ट अतिथि स्कुलका प्रधान अध्यापक बिनोद कुमार साहले भने बिद्यालय भनेको शिक्षक र बिद्यार्थी बिना चल्ने संस्था होइन विद्यालयमा राजनीति छिरी सकेको स्वीकार गरे ।
बिकास भने जति भए पनि थोरै नै हुन्छ बताए उक्त स्कुल बाट पढेका विद्यार्थीहरु सिए देखि इन्जिनियर र सरकारी सेवामा कार्यरत रहदा खुशी व्यक्त गरेका थिए ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय बबरमहलमा कार्यरत सहायक प्राविधिक सहयायक तथा समाज सेबि प्रतिक्षा श्रेष्ठका अनुसार हामी श्रीमान र श्रीमती र हाम्रा टिमले सहयोग गरेका सामाग्रीले विद्यार्थी भाई बहिनीहरुले आफ्नो बेस बनाउन सफल होस् र उच्च शिक्षा सम्म अध्यन गरोस् भने कामना गरे ।
कक्षा ७ सम्म संचालनमा रहेको विद्यालयमा १ सय ३५ विद्यार्थी अध्यनरत छन् । ३ जना थाई र १ जना अस्थाई शिक्षक २ जना बाल बिकासका शिक्षिका रहेको प्रधान अध्यापक साहले जानकारी दिए ।