गमक पोष्ट समाचारदाता
सिरहा, २ चैत्र । लहान मालपोत कार्यालयमा आइतबार भएको बम विष्फोट गराउन संलग्न रहेको आसङ्कामा शुरक्षाकर्मीले एक युवक लाई पक्राउ गरेको छ । आधादर्जनभन्दा बढी घाइतेहुनेगरी विष्फोट गराएको आशंकामा सशस्क्र प्रहरीले लहान नपा १८ भदैयाका २७ वर्षय बलराम मण्डललाई सुखीपुर नपा २ विद्यानगरबाटे पक्राउ गरेको हो ।
मण्डल आइतवार बम विष्फोट हुनुभन्दा पहिला मालपोत कार्यालय छिरेको सिसिटीभी क्यामेराले देखाएको बताइएको छ । सोही तस्बीरको आधारमा गहन अनुसन्धानपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी जयकृष्ण नेतृत्वको जनतन्त्रिक तराईका मुक्तिमोर्चा (क्रान्तिकारी) का कार्यकर्ता भएको प्रहरहरीले असङ्का रहेकोे छ ।
विष्फोटमा कर्मचारी र सेवाग्राही सहित ९ जना घाइते भएका छन् । गाइतेमध्ये गमिभर अवस्थाका धनगडीमाइ नपा ४ जयपुरका ३० वर्षिय दिनेश भण्डारीको अवस्था गम्भीर भएपछि गप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडांै पुरयाएको थियो । कार्यालयका सुब्बा शिवकुमार यादवको उपचार विराटनगरमा भइरहेको छ । अन्यको लहानमै उपचार भईरहेको जनाएको छ ।
मालपोत कार्यालय लहानमा विष्फोट गराएको घट्नाको जिम्मेबारी जनतन्त्रिक तराईका मुक्तिमोर्चाले बिज्ञप्तिमार्फत लिएका थिए । गरिएको आवश्यक अनुसनधानको लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको
मण्डललाई विष्फोटमा संलग्नताको आशंकामा नियन्त्रयालिई इलाका प्रहरी कार्यालय लहानमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीले जानकारी दिए । उनले अहिले अनुसन्धानको प्रकृयामा रहेकाले थप जानकारी भोली विहानसम्ममा दिन सकिने बताए ।
विष्फोटनको घटना पछि जिल्लाका सरकारी कार्यालयहरुको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।