वसन्त राई
पछिल्लो समय विश्वका अधिकांश राष्ट्रका लागि पारदर्शी, जवाफदेही र भ्रष्टाचार न्यूनीकरण राजनीतिक नारा हुने गरेको छ । पारदर्शी, जवाफदेही र विकास प्रक्रियामा नागरिकको संलग्नता भ्रष्टाचार न्यूनीकरणका उपायहरू पनि हुन् । सार्वजनिक सूचना तथा तथ्याङ्कको खुलापन हुनु पारदर्शीको एक महìवपूर्ण प्रक्रिया हो । यसै सन्दर्भमा करिब एक दशकदेखि हरेक अङ्ग्रेजी मार्च महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस मनाउने गरिएको छ ।
खुला तथ्याङ्कको विश्वव्यापी पहल खुला सरकार साझेदारीले गर्दै आएको छ । यस वर्षको मार्च ६ अर्थात् फागुन २२ गते शनिबार पनि खुला तथ्याङ्क दिवस मनाउने क्रममा विश्वभरिको कार्यक्रमलाई खुला सरकार साझेदारीले अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । खुला सरकार साझेदारीले सरकारको खुलापनलाई सहयोग पुग्ने योजना, नीति तथा अभ्यास लागू गर्न सहयोग पु¥याउँछ । नेपालले अहिलेसम्म खुला सरकार साझेदारीमा हस्ताक्षर गरेको छैन । तर हस्ताक्षर गरी सदस्यता लिन योग्य भइसकेको छ । विश्वभरि नै सरकारहरू ले खुला, जवाफदेही र उत्तरदायी शासन व्यवस्था प्रोत्साहनका लागि खुला सरकार साझेदारीले खुला तथ्याङ्कको वकालत गर्दै आएको छ । यसको उलब्धताले ‘दिगो विकास लक्ष्य, २०३०’ को १६ औँ लक्ष्यलाई प्रतिविम्बित गर्छ ।
यस वर्ष नेपाललगायत विश्वभरि २७० भन्दा बढी कार्यक्रम दर्ता गरी खुला तथ्याङ्क दिवस मनाइएको छ । जसमध्ये नेपालमा पनि १७ स्थानीय तह (नगरपालिका तथा गाउँपालिका) ले अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस मनाउन कार्यक्रम दर्ता गरी विभिन्न कार्यक्रमको आयोजना गर्दै खुला तथ्याङ्क दिवस मनाए । स्थानीय तहअन्तर्गत ललितपुरको कोन्ज्योसोम तथा बागमती गाउँपालिकाले संयुक्त रूपमा खुला तथ्याङ्क दिवस मनाउन कार्यक्रम दर्ता गराएका छन् ।
त्यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र सुनकोशी गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी खुला तथ्याङ्क मनाएका छन् । सबैभन्दा बढी सुदूरपश्चिमका विभिन्न स्थानीय तहले यो दिवस मनाउन कार्यक्रम सूचीकृत गरेका छन् । जसमा कैलालीको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिका, डडेलधुराको नवदुर्गा गाउँपालिका, अछामको साँफेवगर नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका तथा बझाङको जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाले कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा पालिकाहरूले आफ्नो नीतिहरू, नगर तथा गाउँसभाका निर्णयहरू, वार्षिक विकास कार्यक्रम तथा क्षेत्रगत बजेटलगायतका वस्तुगत विवरणहरू सार्वजनिक रूपमा उपलब्ध हुनेगरी विद्युतीय÷ई–प्रोफाइल बनाइएको र उक्त जानकारीहरू सर्वसाधारणले सजिलै हेर्न सक्ने गरी खुला गरिएकोले खुला तथ्याङ्कको अभ्यास भएको बताइएको छ ।
त्यसैगरी उनीहरूको नगर तथा गाउँपालिकाको ई–प्रोफाइलमा तथ्याङ्क सङ्ग्रह र ई–पुस्तकालयको पनि व्यवस्था गरिएको छ । अछामको साँफेवगर नगरपालिकाले भने सन् २०१८ देखि नै खुला तथ्याङ्क दिवस मनाउन थालेको हो । केही पालिकाले स्वतःस्फूर्त उक्त दिवस मनाएका थिए भने केही पालिकाले भने असल शासन तथा सामाजिक जवाफदेहीका लागि जिल्लामा कार्यरत सङ्घ संस्थाले जोडबलमा मनाएका छन् ।
खुला सरकारी तथ्याङ्कमा नागरिकको पहुँच नै सुशासनको आधार हो । खुला सरकार साझेदारी, सरकार तथा नागरिक समाजमा रहेर सरकारलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बन्न सहयोग गर्ने अन्तर्राष्ट्रिय साझेदारी अभियान हो । खुला सरकार साझेदारीले पारदर्शी प्रवद्र्धन, नागरिक सहभागिता प्रोत्साहन तथा भ्रष्टाचार न्यूनीकरणमा योगदान पु¥याउनुको साथै नयाँ प्रविधि उपयोगको सम्बन्धमा सरकारको प्रतिबद्धता सुनिश्चित गर्छ ।
आजको युग तथ्याङ्क र सूचना प्रविधिको युग हो । त्यसैले खुला तथ्याङ्ककको प्रवद्र्धनले नागरिकले पनि सूचना प्रविधिमा विस्तारै आफ्नो पहुँच बढाउनेछ ।
खुला सरकार साझेदारी सन् २०११ मा औपचारिक रूपमा संयुक्त राष्ट्रसङ्घको महासभामा ब्राजिल, इन्डोनेसिया, मेक्सिको, नर्वे, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत तथा संयुक्त राज्य अमेरिकाका आठ सरकार प्रमुख र नौ जना विभिन्न देशका नागरिक समाजका अगुवाहरूको पहलबाट सुरु भएको हो । हाल ७० भन्दा बढी यसका सदस्य राष्ट्र बनिसकेका छन् ।
खुला सरकार साझेदारीले के गर्छ ?
खुला सरकार साझेदारीले खुला तथा पारदर्शी सरकारको प्रवद्र्धन गर्न राष्ट्रिय तहका सुधार प्रक्रियामा सरकार र नागरिक समाजलाई समान साझेदारका रूपमा प्रस्तुत गर्छ । यस प्रक्रियामा सरकार र नागरिक समाजका अधिकारीबीच संवाद गराउनुका साथै वर्षमा दुई पटक कार्ययोजनासहितको उच्चस्तरीय राजनीतिक प्रतिबद्धता खोज्ने संयन्त्र तयार गर्छ । खुला सरकार साझेदारीका माध्यमबाट विश्वमा हालसम्म २७ सय भन्दा बढी राष्ट्रिय प्रतिबद्धताहरू तयार भइसकेका छन् । जसले विश्वका दुई अर्बभन्दा बढी जनतालाई खुला सरकारी प्रणालीबाट लाभान्वित गर्ने लक्ष्य लिइएको छ । यी राष्ट्रिय प्रतिबद्धताले सूचनासम्बन्धी कानुन अनुमोदन र आधुनिकीकरण गर्न मार्ग दर्शन प्रदान गर्छ । सरकारी स्वतन्त्रताको आधुनिकीकरण गर्ने, सरकारी तथा निजी क्षेत्रका भ्रष्टाचारविरुद्धका विभिन्न उपाय अवलम्बन गर्ने तथा नीति निर्माणमा नागरिकको सहभागिता अभिवृद्धि गर्न नागरिकसँग संवादको संयन्त्र विकास गर्ने काममा पनि प्रतिबद्धताहरू केन्द्रित छन् ।
नेपालमा पनि करिब एक दशकदेखि सरकारभित्र र बाहिर दुवैतिरबाट खुला सरकारलाई समर्थन भइरहेको छ । सार्वजनिक वित्तीय व्यवस्थापन, स्थानीय सुशासन, खुला तथ्याङ्क, नागरिक सहभागिता, विद्युतीय शासनजस्ता हस्तक्षेपहरू यसै सोचअनुरूप भएका छन् । खुला सरकार साझेदारीको औपचारिक सदस्यताले यस्ता साझा उद्देश्यमा समन्वय तथा सशक्तीकरण गर्ने संरचना प्राप्त हुन्छ । खुला सरकार साझेदारीअन्तर्गत सान्दर्भिक प्रतिबद्धताले तथ्याङ्ककमा पहुँच र प्रयोग तीव्र रूपमा वृद्धि गरी दिगो विकासका लागि गरिने हस्तक्षेपलाई प्रभावकारी बनाउँछ । जुन सन् २०३० सम्मको विकास लक्ष्य प्राप्तिमा सहयोगी हुनेछ । उक्त लक्ष्य प्राप्तिका लागि नेपाल पनि प्रतिबद्ध छ ।
सङ्घीय शासन प्रणाली कार्यान्वयनमा अग्रसर विभिन्न तहका सरकारलाई आफ्नो अधिकार क्षेत्रभित्रको निर्णय प्रक्रियामा ठूलो स्वयत्तता प्राप्त हुनेछ । खुला सरकार साझेदारीको सदस्यताले विकेन्द्रीकरणतर्फ केन्द्रित खुला सरकारी नीतिका लागि समर्थन प्राप्त हुन्छ । खुला सरकार साझेदारीले नागरिक सहभागिता वृद्धि गर्ने, स्थानीय शासन प्रणालीमा सुधार गर्ने तथा सहयोगी नीति र प्राविधिक नवीनताको माध्यमबाट उत्तम विकास प्रतिफल हासिल गर्न सहयोग पुग्नेछ ।
खुला तथ्याङ्क दिवस विश्वभरिको खुला तथ्याङ्क अर्थात् सूचनाको वार्षिक उत्सव हो । अहिले विश्वमा खुला सरकारको अभियान चलिरहेको छ । जहाँ नागरिकले सरकारको खुला तथ्याङ्कको प्रयोग गर्छन् त्यहाँ उनीहरूलाई अवसरहरू पनि खुला भएको हुन्छ । सार्वजनिक तथ्याङ्कलाई खुला बनाउनु भनेको सरकारले २१ औँ शताब्दीका आफ्ना नागरिकलाई विश्वास गर्नु हो । सार्वजनिक तथ्याङ्कलाई खुला बनाउनु पारदर्शितालाई प्रोत्साहन गर्नु, भ्रष्टाचार न्यूनीकरण गर्नु तथा नागरिक सहभागिता बढाउनका लागि प्रविधिको अधिकतम प्रयोग गर्नु पनि हो ।
(लेखक अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग केन्द्रसँग आबद्ध हुनुहुन्छ ।) गोरखापत्र अनलाईनबाट