गमक पोष्ट समाचारदाता
सिरहा, २७ फागुन । अस्थाई ट्राफिक प्रहरी पोष्ट गोलबजारले करिव एक महिनाको अवधिमा ५ लाख १० हजार राजस्व सङ्कलन गरेको छ । फागुन १ देखि २६ गतेसम्मको अवधिमा आफ्नो क्षेत्रबाट ८ सय ५० सवारी साधनलाई कार्वाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।
ट्राफिक चेकजाँचको क्रममा सवैभन्दाबढी मोटरसाइकल कार्वाहीमा परेको अस्थाई ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरिक्षक सुरेश प्रसाद यादवले जानकारी दिए । उनका अनुसार ओभरलोड, प्रायोजन विपरित प्रयोग भएका सवारी साधन, दुईजनाभन्दा बढी चढेका तथा हेलमेट नलाई चलाएका मोटरसाइकल लगाएतका समावरी साधन कार्वाहीमा परेको हो ।
यो अवधिमा १ जनाको मृत्युहुनेगरी दुर्घटना भएको पनि उनले जनाए । प्रहरी सहायक निरिक्षक यादवले यो जिल्लाको सवैभन्दा कम दुर्घटना दर रहेको पनि बताए ।