गमक पोष्ट समाचारदाता

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। दुई सदस्यीय वार्ता टोलीका सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हाल सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

मंगलबार जारी गरिएको विज्ञप्तिमा वार्ताद्वारा समस्या समाधान गर्न वार्ता टोली गठन गरिएको उल्लेख गरिए पनि प्रतिबन्ध फुकुवा गर्ने विषयमा केही उल्लेख गरिएको छैन।
त्यसैगरी विप्लव समूलेपनि वार्ताको लागि तयारी गरीरहेको समाचारहरु सार्वजनिक भएको छ । सो टोलीको नेतृत्व नेता खड्कवहादुर विश्वकर्माले गर्ने चर्चा रहेको छ ।