गमक पोष्ट समाचारदाता
बर्दिवास, १७ फागुन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही आईतबारसाँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरीले महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई महोतरीको गौशाला नगरपालिका–११ तारेचौरीबाट पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय, गौशालाको प्रहरी टोलीले तारेचौरीमा लुकेर बसेको अवस्थामा सुस्लिङलाई पक्राउ गरेको जनाएको छ। चन्दा आतंक मच्चाएको नाममा उनी प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको बताइएको छ । अनुसन्धनका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।