गमक पोष्ट समाचारदाता

धनुषा, ४ मंसिर। धनुषामा कोरोना संक्रमणबाट वडाध्यक्षको अस्पतालमै मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ६ का करिव ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको जनाएको छ । वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागि प्रादेशिक अस्पतालमा पुर्याएको थियो । गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए । धनुषामा कोरोना संक्रमणका कारण अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ ।