गमक पोष्ट समाचारदाता

सिरहा, २३ कात्तिक । फ्रेन्ड्स मोडेल अस्पताल लहानका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको छ । अस्पतालमा कार्यरत ३० बर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि आइतबार वेलुका अस्पताल शिल गरिएको हो ।
लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवका अनुसार गत कात्तिक १९ गते बुधबार लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला जनकपुर पठाईएको थियो ।
जसमध्ये २ जना स्वास्थ्य कर्मिसहित २० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको बताइएको छ । संक्रमित सबै होम आईसोलेसनमा रहेको बताइएको छ । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्यभईरहेको प्रमुख यादवले बताए ।
यादवले अनुसार ४० जनामा २० जना सङ्क्रमण देखिएपछि नगरपालिका उच्च जोखिममा रहेको स्पष्ट भएको बताए ।
ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्री र लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख यादवको उपस्तिथिमा अस्पताल शिल गरिएको बताइएको छ ।