गमक पोष्ट समाचारदाता

सप्तरी, ११ कात्तिक । कोरोना संक्रमणका कारण नेकपाका नेता तथा संबिधानसभा सदस्य मानपुर चौधरीको आज मंगलबार निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी ५५ बर्षीय संबिधानसभा सदस्य चौधरीको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
उच्च ज्वरोबाट पीडित चौधरीलाई श्वास प्रश्वासमा समस्या देखिएपछि गत असोज तेश्रो साता उपचारका लासग बिराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परिक्षणमा कोरोना संक्रमण देखिएको थिएन् ।
मधुमेह र उच्च रक्तचापबाट समेत पीडित उनलाई उपचार पछि घर ल्याएपनि पुनः बिरामी भएपछि गत कार्तिक २ गते उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
कोरोना संक्रमित भएपछि उहाँलाई प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसनमा उपचार हुदाँ हुँदै आज निधन भएको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख बसन्त मिश्रले जानकारी दिए । चौधरी २०७० सालको दोश्रो संबिधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनी लामो बामपन्थि पृष्ठभूमि भएका नेता भएको बताइन्छ ।