गामक पोष्ट समाचारदाता
सिरहा, २३ असोज । कोरोना संक्रमणका कारण सिरहा र सप्तरीमा आज एकै दिन ३ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण सप्तरीका २ र सिरहाका एक जनाको मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सप्तरीको राजविराज नगरपालिका ६ निवासी ७० बर्षीय बृद्ध र रुपनी गाउँपालिका निवासी ३६ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमित भई ललितपुर अस्पतालमा उपचार गराईरहेका सिरहाको लहान नगरपालिका ६ का ४८ बर्षीय महिलाको मृत्यु भएको छ ।