गमक पोष्ट समाचारदाता
सिरहा, १९ असोज । कोभिड १९ महामारीको जोखिम अझै उच्च रहेको हुँदा मङ्गलबारबाट लागुहुने गरी वैकल्पीक शिक्षा प्रणाली अपनाउन जिल्ला विपद व्यवस्थापन समिति, सिरहाले सुचना जारी गरेको छ । जिल्लाका सहरी क्षेत्रका विद्यालयहरुले विद्यालयमै विद्यार्थी बोलाएर र नीजि विद्यालयहरुले बसमा विद्यार्थी ओसारेर पढाउन थालेपछि सोमबार बसेको समितिको बैठकले मंगलबार देखि लागु हुनेगरी विद्यार्थीलाई भौतिक रुपमा विद्यालयमा उपस्थित नगराई वैकल्पिक शिक्षाण प्रकृया अपनाउन सुचित गरेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कनेलको अध्यक्षतामा वसेको वैठकद्वारा सूचनामा कोभिड १९ विश्वव्यापी महामारीको अवस्थाले अवरुद्ध रहेको विद्यालयको नियमित पठनपाठन सुचारु गर्न नेपाल सरकार (प्र.म.) को मिति २०७७ असो १ गतेको निर्णयबाट स्वीकृत ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७ भदौ १९ गतेको माननीय मन्त्री स्तरीय निर्णय अनुसार स्वीकृत ‘विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७’ अनुसार गर्न गराउन भनिएको भएपनि निर्देशिका विपरित कतिपय स्थानीय तहका विद्यालयमा साविकमा झै विद्यालय सञ्चालन गरी पठन पाठन गराएको, बसबाट विद्यार्थी ओसार्ने गरेको देखिएको नगर्न भनिएको छ ।
सूचनामा स्थानीय तहहरुले तत्काल आफ्ना क्षेत्रका विद्यालयलाई यसै सूचनालाई आधार मानेर भौतिक उपस्थितिमा पठन पाठन रोक्न भनिएको छ ।
यता सरकोकारवालाहरुले भने कोभिड जोमिमलाई नजरअन्दाज गर्दै निजी विद्यालयले आर्थिक लाभको पाटोलाईमात्र हेरेको आरोप लगाउँदै आएको छ । महामारी जोखिमलाई वेवास्ता गर्दै रकम असुल्न निजी विद्यालय उद्धत रहेको सरकोकारवालाको आरोप छ ।
यता नीजि विद्यालय यसोसीयसन नेपाल (एनप्याव्सन) का जिल्ला अध्यक्ष प्रदिप तिवारीले केहीदिन पहिला जिल्लामा कोरोना संक्रमणको दर कम भएको र विद्यार्थी लामो समयदेखि घरमा वसेर डिप्रोशनमा जानसक्ने सम्भावना भएकाले स्थानीय तहको समन्वयमा केही विद्यालयहरु खुलेको बताए । पछिल्ला दिनमा काठमाडौं उपत्यका सहित देशैभर संक्रमण दर बढेकोले हामीपनि विद्यालयलाई कोरोना संक्रमणको केन्द्र वनाउन हुँदैन भन्नेमा पुगेका बताए । उनलेभने, ‘हामी पनि धेरैदिन विद्यालयमै विद्यार्थी बोलाएर पढाउने मनसायमा थिएनौं, आज विपद व्यवस्थापन समितिले निर्णय गरेछ राम्रै भयो ।’