सञ्जीव गिरी
सङ्घीय राजधानी काठमाण्डूलाई भारतसँग जोड्ने रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाउनका लागि नेपाल र भारतबीच ूदुई हप्ताभित्रू सम्झौता हुने नेपाली अधिकारीहरूले बताएका छन् ।
उक्त कार्य अघि बढाउन भारतले पठाएको सम्झौताको मस्यौदा परराष्ट्र मन्त्रालय हुँदै विभिन्न सरोकारवाला निकायमा पठाइएको छ।
ती निकायले मस्यौदा अध्ययन गरेलगत्तै दुई देशबीच हस्ताक्षर भई काम अघि बढ्ने बताइएको छ।
‘कोरोनाभाइरस महामारीका बेला समेत भारतीय पक्ष डीपीआरको काम अघि बढाउन तयार थियो। हामीले नै यस्तो अवस्थामा नगरौँ भनेका हौँ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले बीबीसीसँग भने ।
‘केही कानुनी औपचारिकता बाँकी छन्। यो काम तुरुन्तै सुरु हुन्छ ।’
जनशक्ति कम, बजेट पनि कम तर रेलमार्गको सपना ठूलो
भारतले उक्त कार्यका लागि बजेट छुट्टाएर परामर्शदाता पनि तोकिसकेको जानकारी उनले दिए।
तुलनात्मक रूपमा नयाँ प्रविधि अनि गति पनि छिटो हुने हुँदा धेरै देशमा ‘स्टयान्डर्ड गेज’ नै प्रयोग हुने गरेको विज्ञहरू बताउँछन् ।
राजधानीलाई भारतसँग जोड्ने उक्त रेलमार्ग ‘स्टयान्डर्ड गेज’ मा बनाउने नेपालको चाहना थियो।
तर भारतमा भने धेरैतिर ब्रोड गेज प्रयोगमा भएकाले उनीहरूले त्यही प्रविधिमा जोड दिएको बताइएको छ।
‘रेल प्रविधि धेरै अघि बढिसकेको छ। भारत भने अहिले पनि पुरानै प्रविधि छ। उनीहरू ब्रोड गेजमै छन् । हामीले परराष्ट्रमन्त्री स्तरीय बैठकमा यो रेलमार्ग ब्रोड गेजमा नगर्दिनूस् भन्दा उहाँहरूले मान्नुभएन। अहिलेको मस्यौदा ब्रोडगेजकै छ,’ उनले भने।
तर पहाडी क्षेत्रमा रेल बन्ने र गति पनि सीमित हुने हुँदा प्रस्तावित रेलमार्ग ब्रोड गेजमै बनाउँदा समेत समस्या भने नहुने अधिकारीहरू बताउँछन् ।
काठमाण्डूबाट चीन जोडिने अर्को प्रस्तावित रेलमार्गसहित मुलुकका अन्य विभिन्न रेलमार्ग भने स्टयान्डर्ड गेजमै निर्माण गरिनेगरीओ अघि बढाइएको सरकारी भनाइ छ ।
भारतसँगको पछिल्लो सम्झौताका हकमा भने भारतले नै अध्ययन गरिदिने हुँदा नेपालले गेजका विषयमा अडान लिन नसकेको अधिकारीहरू स्वीकार्छन् ।
वीवीसी नेपाली अनलाईनबाट