कुवेतका अमिर शेख सबाह अल(अहमद अल(सबाहको निधन भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनी ९१ वर्षका थिए ।
उनका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल–अहमदलाई मन्त्रिपरिषद्ले उनका उत्तराधिकारीका रूपमा घोषणा गरेको छ ।
गत जुलाईमा शेख सबाह उपचारका लागि अमेरिका गएका थिए । उनको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन ।
उनले कुवेतमा सन् २००६ देखि शासन गरेका थिए र करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिला हेरेका थिए ।
उनले इराकी सेनाले कुवेत कब्जा गरेको सन् १९९०–१९९१ को अरब युद्धपश्चात् इराकलाई त्यसबेला साथ दिने अन्य मुलुकसँग सम्बन्ध पुनर्स्थापित गरेका थिए ।
त्यसैले उनलाई “डीन अफ अरब डिप्लोमसी“ भन्ने गरिएको थियो ।
प्रायः अरब क्षेत्रमा देखिने क्षेत्रीय तनाव कम गर्न उनी मध्यस्थताका लागि क्रियाशील हुने गर्थे ।
कतार र साउदी अरबबीच देखिएको तनाव उत्पन्न हुँदा पनि उनले मध्यस्थता गर्न खोजेका थिए। कुवेतले सिरियाको गृहयुद्धमा हस्तक्षेपलाई पनि अस्वीकार गरेको थियो ।
यद्यपि उसले मानवीय सहायताका लागि भने कैयौँ सम्मेलनहरू आयोजना ग¥यो ।
विभिन्न अरब देशका नेताहरूले उनको निधनमा दुःख व्यक्त गरेका छन् ।
’शान्तिका दूत’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले उनलाई, “ज्ञान तथा उदारताका असाधारण प्रतिक एवं शान्तिका दूत’’ भनेका छन् ।
शेख सबाहको निधन कुवेतको राष्ट्रिय टेलिभिजनबाट मङ्गलवार दिउँसो घोषणा गरिएको थियो । कुवेतको दरबार मामिला हेर्ने मन्त्री शेख अलि जाराह अल(सबाहले त्यो घोषणा गरेका हुन् ।
तर उनले अमिरको निधनको कारण बताएनन् ।
शेख सबाह सन् १९२९ मा जन्मिएका थिए। उनी आधुनिक कुवेतका संस्थापक मुबारक अल –सबाहका पनाति हुन् ।
शेख नवाफ अल–अहमदलाई मन्त्रिपरिषद्ले उनका उत्तराधिकारीका रूपमा घोषणा गरेको छ ।
मन्त्री, प्रधानमन्त्री अनि अमिर
मुबारकले ब्रिटेनसँग सन् १९९९ मा ब्रिटेनको संरक्षित राज्य (प्रोटेक्टोरेट) बन्न स्वीकार्दै “ट्रीटी अफ फ्रेन्ड्शिप’’ मा हस्ताक्षर गरेका थिए ।
कुवेत ब्रिटेनबाट स्वतन्त्र भएको दुई वर्षपछि उनी सन् १९६३ मा कुवेतको विदेशमन्त्री बनेका थिए ।
सन् १९९१ मा सातमहिने इराकी कब्जाबाट कुवेत मुक्त हुन्जेल उनी उक्त पदमा बसे ।
उनलाई सन् १९९२ मा फेरि विदेशमन्त्री बनायो र उनले सन् २००३ सम्म उक्त भूमिका निर्वाह गरे ।
त्यसपछि उनी प्रधानमन्त्री नियुक्त भए ।
वीवीसी नेपली अनलाईबाट