काठमाडौं, ६ असोज । बितेको २४ घण्टामा देशभरी एक हजार ३ सय ५६ जना कोरोना संक्रमण पुष्टि भएको छ भने, प्रदेश नं. २ मा मात्र ८३ जना नयाँँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार प्रदेश २ को सिरहामा ३३, सप्तरीमा ८, धनुषामा ११, पर्सामा ११, बारामा १५, रौतहटमा ४ र सर्लाहीमा १ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा भने काठमाडौंमा ५सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण देखिएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।
उनका अनुसार बितेको २४ घण्टामा ८सय २३ डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १ सय ९३ र होम आइसोलशेन ८ हजार ९ सय ४९ जना रहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४ सय २९ पुगेको गौतमले बताए । यस्तै आज १ हजार १ सय ५४ जनाको पीसीआर भएको छ भने हालसम्म जम्मा ९ लाख ३४ हजार ९ सय ७७ जनाको परीक्षण भएको छ ।