सिरहा, २७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जना कोरोना संक्रमित थपिएका छन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३७७ जना संक्रमित भएका छन् । त्यस्तै बढी संक्रमित हुने अन्य जिल्लामा मकवानपुरमा १०७, चितवन ९२, सर्लाही ८३, रुपन्देहीमा ८१ र मोरङमा ५८ जना रहेका छन् ।
प्रदेश नं. २ मा भने आज २८ महिला सहित १ सय ३८ जना नयाँ संक्रमण थपीएको छ । सर्लाहीमा सवैभन्दा बढी १८ महिला र ६५ पुरुष सहित ८३ जनामा संक्रमण देखिएको छ । सवैभन्दा कम धनुषामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेश २ मा मात्र एक सय ३८ जना
प्रदेश २ को पर्सामा १ महिला ९ पुरुष सहित १०, बारामा २ महिला १२ पुरुष सहित १५, महोत्तरीमा २ महिला ६ पुरुष सहित ८, रौतहटमा १ महिला ३ पुरुष सहित ४ सप्तरीमा ३ महिला र ७ पुरुष सहित १० र सिरहामा ७ जना पुरुषमा नयाँ संक्रमण देखिएको छ ।