सप्तरी, २५ भदौ । सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सहित १७ प्रहरीमा कोरोना सङ्क्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सप्तरीले जनाएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उनीहरुकोे पिसिआर परीक्षण गरिएको बताइएको छ । अहिले उनीहरु होम आइसोलेशनमा रहेको जनाइएको छ । सप्तरीमा अहिलेसम्म ५७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, ३ सय ५० कैदीबन्दी रहेको जिल्ला कारागारमा ९ जना कैदीबन्दी र दुई प्रहरीमा आज कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित कैदीबन्दीको सङ्ख्या १५ पुगेको छ ।
आज नै गरिएको परीक्षणमा गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक नर्स र १ स्वीपर समेत कोरोना सङक्रमित भएका छन् । उनीहरु ३३ र ३८ वर्षीया महिला हुन् ।
यसैगरी, राजविराज नगरपालिका–३ का ७१ वर्षीय र ६ का २८ सप्तरीका थप १५ प्रहरीमा कोरोना संक्रमण
वर्षीय पुरुष समेत सङक्रमित भएका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या १६६ महिलासहित ९९१ पुगेको छ ।
ती मध्ये एक महिलासहित ८ जनाको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले जानकारी दिए । उनका अनुसार हालसम्म ६सय ८२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।