सिरहा १२ भदौ । सिरहाको सुखिपुरमा कोरोना (कोभिड १९) भाइरस बाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीले अवरोध गरेको छ । सुखिपुर नपा ८ का ६५ वर्षिय व्यसायीको विहिवार राति धरानमा मृत्यु भएको थियो ।
मृतकको शव आज शुक्रवार विहान १० बजे नै व्यवस्थापनको लागि ल्याईएको भएपनि वेलुकी ५ बजेसम्म स्थानीयको अवरोधका कारण व्यवस्थापनगर्न नपाइएको मृतकका आफन्त प्रदिप यादवले बताए ।
गाउँ देखि धरै पर गागनखोलामा शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका थिए
मृतकका आफन्त प्रदिप यादवकाअनुसार शव व्यवस्थापनका लागि सेनासँगै एसपी, मेयर र वडाध्यक्ष समेत पुगेका थिए । सार्वजनिक ठाउँमा शव व्यवस्थापन गर्नका लागि खाल्डो खन्न लाग्दा स्थानीयवासीले विरोध गरेका हुन् ।
स्थानीयका विरोधका बावजुत सव व्यवस्थापनको कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले जानकारी दिए ।
त्यसैगरी, आजै सिरहाको लहानका एक ६५ वर्षिय महिलाको मृत्यु भएको छ । दिर्घरोगी रहेको महिलाको आज शुक्रवार विहान विराटनगरमा मृत्यु भएको हो ।