कोरोना ९कोभिड १९० भाईरसका कारण लकडाउन भएपछि विद्युत चुहावटमा बृद्धिभएको पाइएको छ । लकडाउनको पछिल्लो अवधिमा नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र मिर्चैयाले बिद्युत चुहावट ९चोरी० गरि चलाइरहेका ३० भन्दा बढी सिंचाई मोटर बरामद गरेको छ ।
आज बुधबारमात्र गोप्य सूचनाको आधारमा खटिएको विद्युत कर्मचारीको टोलिले गोलबजार नपा १२ बेतोनाबाट विद्युत चोरी गरि कृषकले आफ्नो खेतवालिमा पानी सिञ्चाई गरिरहेको अबस्थामा १।५ देखि २ एचपिको ७ ओटा मोटर नियन्त्रणमा लिएको मिर्चैया बितरण केन्द्रका प्रमुख इ।दिगम्बर यादवले जनाएको छ । 

कोरोना ९कोभिड १९० भाइरस संक्रमणको संख्या बढेसङै जिल्लाभर गरिएको लक्डाउन ९बन्दा बन्दी० मौका छोपी विद्युत चोरी हुने गरेको सूचनाको आधारमा प्राधिकरण अपरेशन गरेको हो । बरामद गरिएको मटर आवश्यक कार्वहीको लागि कार्यालयमा राखिएको छ ।
नियन्त्रणमा लिईएका सवैलाई विद्युत ऐन अनुसार जरिवाना र कार्वाही गरेको प्रमुख यादवले जानकारी दिए । घरबत्तिमा हुने चुहावटभने मिर्चैया वितरणकेन्द्रको क्षेत्रमा ९९ प्रतिशत न्यूनिकरण भएको बताइएको छ । यादवले लकडाउनका कारण सिञ्चाईमा भने फेरी चोरी वढेको सुचना आएपछि आफूहरुले सक्रिएता बढाएको बताए ।