सिरहा ८ भाद्र ।
सिरहामा एकै प्रकारको लक्षण देखापरेका तीन जनाको मृत्यु भएको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँमा एकै प्रकारको लक्षण देखापरेका तिनै जनाको टाउको दुख्ने।, वान्ता आउने र बेहोस भएपछि कटैयाका ३८ वर्षीय रामउदगार मुखियाको मृत्यु भएको हो ।
सोहि प्रकारको लक्षणबाट बेहोस भएका कटैयाकै २८ वर्षीय दिपेश मुखियाको बि।पी।कोइराला बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसअघि दुइदिन अगाडी राति १ बजे कटैया गाउँकै ३८ वर्षीय श्यामदेव यादवको पनि टाउको दुख्नेज, वान्ता हुने र बेहोस भएपछि मृत्यु भएको र एकै प्रकारको लक्षणबाट २ दिनमा ३ जनाको मृत्यु भएपछि कटैया गाउँ त्रसित बनेको स्थानीय राम कुमार यादवले बताए ।
यता,मृतक तीनै जना गाउँमै घरेलु मदिरा सेवन गर्दै आएको र विषाक्त रक्सीकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जानाएको छ । एकै प्रकारको लक्षणबाट तीन जनाको मृत्यु भएको देखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानए ।
यसैबीच, एक साताको अवधिमा सिरहाको नवराजपुर गाउँपालिका–३ फूलबरियाको डोम बस्तीमा २ जनाको मृत्यु भएको थियो । गत साउन ३२ गते २५ वर्षीय उदगार मल्लिक र भदौ ५ गते २७ वर्षीय नागेन्द्र मल्लिकको मृत्यु भएको छ । मदिरा सेवन गरेर सुतेका ती दुवै जनामा टाउको दुख्नेष, बान्ता लाग्ने र बेहोस भएर मृत्यु भएको स्थानीयले बताउछन ।