धर्मराज जोशी नेपालमा जग्गाको लगत राख्न सुरु गरिएको दुई सय वर्ष भइसकेको छ । तर पनि हामीकहाँ खेतीयोग्य भूमिको वास्तविक तथ्याङ्क उपलब्ध छैन । वि।सं। २००७ सालयता भूमि स्वामित्व तथा आवाससम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले राष्ट्रियस्तरका २१ वटा आयोग बनिसके । तर अझै पनि न त वास्तविक भूमिहीनको यकिन तथ्याङ्क तयार हुन सकेको छ न भूमिहीनको सर्वमान्य परिभाषा र भूमिसम्बन्धी समस्या समाधान गर्ने कुनै प्रष्ट दृष्टिकोण बन्न सकेको छ । यत्तिका वर्ष भई सक्दा पनि आधारभूत कुरा नै छिनाल्न नसकेको स्थिति हेर्दा ‘के सरकार साँचो अर्थमा भूमिहीनको समस्या सम्बोधन गर्न चाहन्छ तरु’, भन्ने प्रश्न खडा भएको छ ।
धीरेन्द्र नाल्बो बाबु, छोरा त पाउनुपर्छ,’ सरकारी सेवाबाट अवकाशप्राप्त एक आफन्तले निर्लज्ज भई आत्मविश्वासका साथ ‘सल्लाह’ दिए । एक ‘शिक्षित’ मित्रले दुई छोरीलाई इंगित गर्दै भने, ‘त्यतिमै चित्त बुझाउने हो ?’ अर्का एक मित्रले त ख्यालठट्टामै ‘यार्सागुम्बा खाँदा छोरा हुन्छ’ भन्नसम्म भ्याए । छोरीहरूको मात्र बुबासँग आफन्त र साथीहरूले भनेका यी कुरा त बाँड्न उचित अनुभवहरू मात्रै हुन् । यस लेखमा एक पुरुष, दुई छोरीको बुबा तथा यो समाजको सदस्य हुनुका नाताले लैंगिक विषयबारे आफ्नो अनुभव र विचार साट्ने जमर्को गरेको छु जसबाट लैंगिक असमानता र
महेन्द्र पी. लामा सुन्दर र प्रख्यात दार्जिलिङले गत बीस वर्षदेखि अँध्यारोमा रुमलिएर एउटा नयाँ दिशा खोजिरहेछ । निष्पट्ट अँध्यारो छ दार्जिलिङमा आज; घाम–जून–तारा रहे पनि मानिसहरूको मन, मस्तिष्क र भविष्य भने निष्पट्ट अँध्यारोमा दौडिरहेछ । मान्छेका इच्छा र आकांक्षा त रंगित–टिस्टा–चेल–बालासनले बगाएर बंगोपसागरमा पुर्याइदिए नै, आशासम्म पनि त्यसै गरी लगिदिए । १८६ वर्ष पुगेको दार्जिलिङले यस्तो प्रकोप र आघात कहिल्यै देखेको थिएन । सन् १८३५–१९४० को ‘निर्माण काल’ (कान्तिपुर दैनिक, ११ सेप्टेम्बर २०२०), सन् १९४०–
डा. सुरेश आचार्य सत्ता छाड्नु भनेको आफूलाई जन्म दिने बाबुआमाको मृत्युभन्दा पीडादायक हुने रहेछ । पछिल्लो समय सत्ताबाट बाहिर आएपछिका नेताहरूका अभिव्यक्तिले यो आभाष गराएको छ । प्रधानमन्त्रीबाट बाहिरिनुभएका केपी शर्मा ओलीले कति इमानको राजनीति गर्नुभयो र दुईतिहाइ नजिकको बहुमत के कारणले गुम्यो ? यसको विश्लेषण हरेक कोण र हरेक खालका मानिसबाट भइसकेको छ । तर सरकार गठनसम्बन्धी संविधानका हरेक धारा मेरा लागि लेखिएका हुन् र अर्को व्यक्तिलाई कुनै हालतमा आउन दिइँदैन भन्ने अन्तिम प्रयास उहाँले गर्नुभयो । तर संविधानको व्याख्या राजनीतिक दल वा उसका नेताले गरेको मात्र सत्य हुने रहेनछ
अमरेन्द्र यादव विश्वमा कोभिड–१९ महामारीबाट आक्रान्त बनेको दुई वर्ष पुग्न लागेको छ । नेपाल यसको चपेटामा परेको पनि साढे एक वर्षभन्दा बढी भएको छ । संसारका विभिन्न देशमा महामारीको तेस्रो लहर चलिरहेको छ भने नेपालमा दोस्रो लहर सकिएको छैन । अत्यन्तै खतरनाक मानिएको ‘डेल्टा भेरियन्ट’का साथ तेस्रो लहर मध्य असोजतिर नेपालमा सुरु हुने स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएका छन् ।कोरोना भाइरसले हालसम्म २० करोडभन्दा बढी मानिस पीडित भइसकेका छन् भने ४३ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपालमै सात लाखभन्दा बढी मानिस सङ्क्रमित बनिसकेका छन् भने १० हजारभन्दा बढीले मृत्युवरण गरिसक
डा. कुन्दन अर्याल कुनै समाचार पढेर मानिस रुन्छन्, द्रवित हुन्छन् वा अक्रोशित बन्छन् । कुनै समाचार सुनेर वा हेरेर मानिसले आफ्नो दृष्टिकोण बनाउँछ । समाचार मानिसको अनुभूति, सोच र दृष्टिकोणको आधार बन्न पुग्छ । तर मिडियाको प्रभाव केवल पाठक, श्रोता वा दर्शकमा मात्र सीमित हुँदैन । सामाजिक, सांस्कृतिक वा आर्थिक शक्ति संरचनाको परिधिमा पनि मिडिया अन्तर्वस्तुका प्रभाव सादृश्य भइरहेको हुन्छ । त्यसैले भनिएको हो, आमसञ्चार माध्यमसँग सामाजिक शक्ति हुन्छ । सञ्चारविज्ञ भान डाइकले समाचार माध्यमहरूको शक्तिको चरित्र वा गुण–अवगुण र सीमिततालाई पनि केलाएका छन् । आमसञ्चार मानव सञ्चारका विभिन्न तहमध्ये एक
सफल घिमिरे तालिबान आततायीहरूलाई हराउन भनी अमेरिकी नेतृत्वको सेना अफगानिस्तान छिरेको २० वर्ष पुग्यो । युद्धरत पक्षबीच गत वर्ष शान्ति सम्झौता पनि भयो । अब केही हप्ताभित्रै अमेरिकाले आफ्ना अधिकांश सेना फिर्ता लगिसक्ने बताएको छ । तर अफगानिस्तानमा हिंसाको राप घटेको छैन । विद्रोही समूहको शक्ति बढ्दै छ । यो युद्धमा अमेरिकी जनताको १० खर्ब डलर सकियो, तर युद्धले पारेका असरहरू अझै दस वर्षसम्म सकिनेछैनन् । पैसाको यति ठूलो थैली र दुई दशक समय स्वाहा भइसक्दा पनि अफगानी सुरक्षा क्षेत्रमा किन अपेक्षित सुधार आएन ? यसको खोजीनितीबाट नेपालले पनि उत्तिकै सिक्न सक्छ । अफगानिस्तानमा युद्धले कुँदे
विद्या राई स्थानीय सरकारले पूर्वाधार विकासलाई मात्र ध्यान दिँदा सामाजिक विकास ओझेलमा परेको छ । यसमा पनि प्राथमिकतामै नपर्ने पाटो हो— बौद्धिक अपांगताका सवाल । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७५ ले अपांगतालाई दस वर्गमा छुट्याएको छ, जसमा बौद्धिक अपांगता एक हो । ऐनले उमेरको वृद्धिसँगै सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारण उमेर र वातावरणसापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्तिलाई बौद्धिक अपांगता भएका व्यक्तिका रूपमा परिभाषित गरेको छ । त्यस्ता व्यक्तिहरू उमेरसापेक्ष राम्ररी बोल्न, अरूले बोलेको बुझ्न, सुन्न र हिँडडुल गर्न सक्दैनन्; स्मरणशक
सीके लाल चर्चित चिकित्सक गोविन्द केसी महत्त्वपूर्ण शैक्षिक, सामाजिक एवं प्रशासनिक मुद्दाहरूसँग जोडिन रुचाउँछन् । कठिनाइमा रहेका देश र विदेशका सामान्य जनलाई उनले पुर्याउने गरेको निःस्वार्थ सेवाको जति प्रशंसा गरे पनि पुग्दैन । सहज व्यक्ति भेट्टाउन कठिन हुँदै गइरहेको समाजमा उनी असाधारण तवरले साधारण लाग्छन् । उनको अग्रसरता एवं लगनले गर्दा चिकित्साशास्त्र शिक्षाको निर्मम व्यापारीकरणमा केही कमी आएको छ । हालसालै छुवाछुतविरुद्धको कैयौं दशक पुरानो आन्दोलनलाई नयाँ ऊर्जा दिने गरी उनी आफ्ना केही शुभेच्छुहरूसँग गोदामचौरको गणेश मन्दिरका दलित पुजारीको हातबाट टीका थाप्न पुगेको कुरा समाचार बने
डा. अतीन्द्र दाहाल संसारको शास्वत नियम हो कि पुराना र बिग्रिएका सवारीमा सयर गर्दा गन्तव्यमा पुगिँदैन। बरु दुर्घटनामा परिन्छ। म्याद सकिएको औषधिले कुनै रोगको उपचार हुँदैन। अनि जरा कुहिएको रूखले फल दिँदैन। अहिले हाम्रो देशको राजनीति बिल्कुल यही अवस्थामा छ। नेतृत्वमाथि असीम वितृष्णा व्याप्त छ। देशले खोजेको र नागरिकले अपेक्षा गरेको विकास कहिल्यै सम्भव भएन। सबैले देश लुट्ने, स्रोतसाधनको दुरुपयोग गर्ने तथा विरोधीहरूको कत्लेआम गर्ने मात्र सोचे। अब यिनै दलहरूबाट देशको विकास सम्भव छैन। अझै पनि यी दलबाट त्यस्तो आशा राख्नु भनेको चाहिँ रत्नपार्कको भित्तामा गई उसकै भविष्य नभएको ज
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved