गोलबजार, १ मंसिर। गोलबजार नगरपालिकाले राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेसन स्थापना गरी सेवा सुरु गरेको छ। गोलबजार नगरपालिका ४ स्थित आयुर्वेद औषधालयबाट आज मंगलवारदेखि राष्ट्रिय परिचय पत्र दर्ता तथा वितरण सुरु गरेको हो। 

नगर प्रमुख श्यामकुमार श्रेष्ठ, उपप्रमुख मानतीदेवी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णलगायत जनप्रतिनिधिहरूको उपस्थितिमा सेवा शुभारम्भ गरिएको हो। 

नगर प्रमुख श्रेष्ठले नगरको पहलमा राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेसन स्थापना गर्न सफल भएको बताउँदै यसले आम सेवाग्राहीलाई सहज भएको बताए। उनले जिल्लामा विहानै गएर १०–१२ घण्टा उभिनु पर्ने झन्झटबाट आम सेवाग्राहीले मुक्ति पाउने बताए। यो सेवाले आम रेवाग्राहीलाई ठूलो राहत पुग्ने विश्वास लिएको बताए।

नगर उपप्रमुख मानती देवी साहले यो सेवा प्रवाहले गोलबजार र छिमेकी पालिकाका सेवाग्राहीले पनि लाभ लिन सक्ने बताए। ‘सेवा सुचारु भएपछि हाम्रोे नगरका सेवाग्राहीलाई सहज हुने नै भयो, आसपासका पालिकाले पनि सुभिधा पाउनु वातावरण बनोस् सहज रुपमा सेवा प्रवाह होस्।’ 

पालिकाले सेवा सहज बनाउनको लागि सवै वडाहरुलाई फरक–फरक दिन निर्धारण गरेको छ। वडा नम्वर २, ३ र ४ को लागि सोमबार, १२ र १३ मंगलबार, ७,८ र ५ बुधबार, १। ९ र १० विहिवार तथा शुक्रवारका दिन वडा नम्वर ६ र ११ को लागि समय तालिका निर्धारण गरेको छ। 

समय निर्धारण नगर्दा एकैपटक भिड हुने र सेवा प्रवाहमा सकस्या आउन सक्ने भएकोले सेवा प्रवाह व्यवस्थित र भरपर्दो बनाउन समय तालिका निर्धारण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए। 

caa969ce-9069-4521-be12-ec061a00ccae912407984_1169604872689180_5868561422858793595_ne66403dc-d537-4dd0-909b-f1c9c83308b4

911625253_2014607355874165_5635555185522555059_n