जनकपुरधाम, ८ असोज। मधेस प्रदेश क्षेत्र भित्र संचालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनको फायलहरु आज सुचना तथा प्रशारण बिभागले आमसञ्चार प्राधिकरण मधेस प्रदेश लाई हस्तान्तरण  गरेको छ।  सुचना तथा प्रशारण बिभागको  काठमाडौंस्थित कार्यालयमा विभागका  महानिर्देशक अनुप दहालले  प्राधिकरण अध्यक्षका जितेन्द्र खडगालाई हस्तान्तरण गरेका हुन्।  

फायल बुझे पछि  अध्यक्ष खड्गाले भने, ‘मधेस प्रदेशका  एफएम तथा टिभि सञ्चालकहरुका लागि खुसीको कुरा हो। नविकरण लगायतका समान्य कामका लाग राजधानी काठमाडौं धाउनु पर्ने बाध्यता समाप्त भयो।  एफएम रेडियोको दर्ता तथा नवीकरण अब प्राधिकरण  कार्यालय जनकपुरमै हुने भयो।’

‘नेपालको संविधान तथा मधेस प्रदेश सञ्चार ऐन रेडियो टिभिको दर्ता नविकररण  प्रदेसमै हुने ब्यवस्था छ। तर, सरकारि लापारवहीका कारण बिगत सात बर्ष देखि केन्द्र शासित सुचना बिभागबाट उक्त फायलहरु ल्याउने प्रयास नै भएन,’ अध्यक्ष खड्गाले भने, ‘जस कारण सञ्चार संस्था सञ्चालकहरुले पाउनु पर्ने सुबिधाबाट बञ्चित रहयो भने, अर्को तर्फ मधेस सरकारले बर्षेनी करोड भन्दा बढी राजश्व गुमाउदै आएको थियो।’

उनले मैले जिम्मेवारी  सम्हालेकै दिनदेखि निरन्तर प्रयास गरेर यस प्रकरणमा रहेको थोरै कानुनी जटिलता समाधान गरेको बताए। यसकार्यकालागि मधेस सरकारका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो र ततकालिन गृह सचिव गणेश नायकको सहयोगले रेडियो टेलिभिजनको फायल प्राधिकरणमा ल्याउन सफल भएको अध्यक्ष खड्गाले बताए।

उनले हेर्दा समान्य लाग्न सक्छ तर, रेडियो टेलिभिजनको फायल  प्राधिकरणमा ल्याउनु मधेस सरकारको ठुलो उपलब्धि भएको बताए।  ‘यसले संविधान प्रदत अधिकार प्राप्त गर्न सकेका छौ,’ उनले भने, रेडियो टिभी सञ्चालकलाई सुबिधान प्रदान गर्न सकेका छौ।  यस कार्यले मधेस प्रदेश सरकारलाई राजश्व उपलब्ध गराउने कार्यालयहरु मध्ये आमसञ्चार प्राधिकरण अग्रणी स्थानमा पर्ने भएको छ। आमसञ्चार प्राधिकरणको यो ठुलो उपलब्धि हो’, अध्यक्ष खड्गाले भने।