बिराटनगर, ८ असोज। ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ दोभान बजारमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब १० वटा घर जलेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

आगलागी नियन्त्रणका लागि स्थानीय प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजंघा गुल्मबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

त्यहाँ करिब ५० घरधूरीसहितको बाक्लो बस्ती छ। 

आगो कसरी लाग्यो भन्ने नखुलिसकेको पनि डीएसपी थापाले बताए।

अहिले आगो निभाउने प्रयास भइरहेको छ। यसकै लागि नेपाली सेनाका २ वटा दमकल पनि पुगेको छ।