काठमाडौं, ६ असोज। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ अमेरिका प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानमार्फत दोहा हुँदै न्यूयोर्कतर्फ लागेको टोलीलाई गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेलले बिदा गरेका थिए।
टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, शिष्टाचार महापाल कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, शिष्टाचार अधिकृत महेश यादव, अङ्गरक्षक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट, डिएसपी दिपेश बस्याल पनि छन्।
उनी मंगलबार कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्युयोर्क पुग्नेछन्। प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ।
प्रधानमन्त्री शाह साढे ६ बजे सरकारी निवास बालुवाटारबाट निस्किएका थिए। उनी अनौपचारिक रूपमा विदेश भ्रमणमा निस्केका छन्। कुनै तामझामविना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीभीआइपी कक्ष प्रयोग नगरी उनी न्युयोर्क लागेका छन्।
प्रधानमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो। तर अमेरिका भ्रमणलाई उनले अनौपचारिक बनाएका छन्।






















