गोलबजार, ५ असोज। नेपाल पत्रकार महासंघ सिरहाका सचिव मुकेश यादव पित्री शोकमा परेको छ। प्रेस सेन्टर नेपालका वरिष्ठ जिलला उपाध्यक्षसमेत रहेका सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १० निवासी पत्रकार यादवका बुबा दुखि यादवको ७५ वर्षको उमेरमा सोमवार विहान निधन भएको हो।
लामो समयदेखि मिर्गौला, चिनीलगायतका रोगबाट पीडित रहेको पारिवारिक स्रोतले जनाएको छ। उपचारमै रहेको उनको आज आफ्नै घरमा निधन भएको जनाएको छ।
पत्रकार यादवका बुबाको निधन प्रति नेपाल पत्रकार महासंघ सिरहा शाखा, स्थानीय सञ्चारकर्मीहरुले गहिरो दुःख व्यक्त गरेका छन्। मृतक यादवको अन्तिम संस्कार आजै स्थानीय घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। पत्रकार यादव प्रेस सेन्टर नेपालका वरिष्ठ जिलला उपाध्यक्षसमेत हुन्।






















