जनकपुरधाम, ४ असोज। मधेश सरकारका अर्थ मन्त्री युवराज भट्टराईले सरकार व्यवसायीहरुको साथमा रहेको बताए। नेपाल ईंटा उद्योग महासंघ मधेश प्रदेशको जनकपुरमा सम्पन्न चौथो वार्षिक साधारणसभालाई सम्वोधन गर्दै मन्त्री भट्टराईले सरकार कर असुल्नमात्र हैन, व्यसायीलाई अप्ठेरो परेको समयका अभिभावक पनि हुन्। 

IMG_20260920_150853

उनले मधेश सरकार ईंटा उद्योगमात्र हैन अन्य व्यसायीको समस्यालाई समाधान गर्न हरहमेसा तत्पर रहेको बताए। उनले भने, हामीले व्यसायीहरुको आव्हानमा प्रति ईंटा लगाएको करलाई प्रति उद्योग कर लगाउने विषय सम्वोधन गर्यौ, अझै पनि समस्याहरु के के छन्, तपाईहरु छन्, त्यसवलाई मन्त्रालय छलफल गर्न र समाधानका उपाय खोज्न तत्पर छौं।

IMG_20260920_131126

उनले अर्थ मन्त्रालय आफ्नो तर्फठ गर्नु, प्रदेश सरकारबाट हुने र संघियसरकारसँग समन्वय गरेर व्यसायीहरुको समस्या समाधान गर्न तत्पर रहेको बताए। 

कार्यक्रममा जनकपुर उपमहा नगरपालिकाका प्रमुख मनोज साहले मधेशमा हुने विकास निर्माणमा ईंटा प्रयोगको लागि सरकारले पहल गर्नु पर्ने बताए। उनले मधेशको माटो मलिलो भएकोले यहाँको विकास निर्माणमा ढुंगा प्रयोमा रोक लगाएर ईंटाको प्रयोग सिफारिस गर्न प्राविधिकहरुसँग आग्रह गरे। 

उनले नेपालमा ईटा आत्मनिर्भर रहेकोले यस उद्योगलाई सवलिकरण गर्न सरकारले पहलकदमी लिनु पर्ने बताए। 

सोही क्रममा व्यसायीहरुले कोरोना पछि नेपालको ईंटा व्यसायी धरासायी हुँदै गएको बताए। नेपालमा एक हजार तीन सय उद्योग रहेकोमा अहिले ७ सय २० मा झरेको व्यसायीहरुले बताए। अहिले चलिरहेको व्यसायलाई टिकाई राख्न सरकारले आवश्यक सहयोग गर्नु पर्ने माँग गरे। 

उनीहरुले ईटा बनाउने माटो, कोइला आपुर्तिमा सहजता कायम गर्न सरकारले सहयोग गर्नु पर्ने बताए। 

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष विक्रम कुमार साहले मधेशका ईटा उद्योगहरुले देशका ४ प्रदेशमा ईंटा आपुर्ति गर्दै आएको बताए। तथापी  मधेशमा ७ सय भद्या बढी रहेको उद्योगहरु अहिले ३२०मा झरेको छ। यसलाई टिकाई राख्न सरकारको पनि दायीत्व रहेको बताए। 

IMG_20260920_134300