लहान, ४ असोज। सिरहाको लहानस्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि मरणाशन्न हुनेगरी कुटपीट गरेको घटना सार्वजनिक छ। विद्यालयको छात्रावासबाट भागेको भन्दै लहान ४ स्थित इन्द्रेणी स्कूल प्रालिका शिक्षकले त्यहाँ अध्ययनरत ११ वर्षिय सोनु मण्डललालाई कुटपीट गरेको हो।
सप्तरीको बलानविहुल ४ का विद्यार्थी मण्डल विद्यालयको क्षत्राबास पढ्दै आएका थिए। उनी छात्रावासबाट पटक पटक भागेर दुःखदिएकाले उनलाई कुटपीट गरेको विद्यालयलेसमेत स्वीकार गरेको छ।
विद्यालयका संस्थापक देवेन्द्र साहले पटक पटक भाग्ने गरेको र पछिल्लो पटक पटक भाग्दा प्रहरीले समात्दा हामिलाई मसेत चिन्दिन भनेर दुख दिएको सुनाए। पछि भारतका कामगर्ने उनका बुवासँग सम्पर्क गरेर बल्ला छुटाएर ल्याएपछि सामान्य तर्साउन एक दुई लठठ्ी कुटेको स्वीकार गरे।
यता विद्यार्थीका अभिभावकले भने बच्चालाई निर्घात रुपमा कुटपीट र बाँधेर राखेको बताए। विद्यार्थी आफैले पनि आफूलाई बाधेर घोप्टो बनाएर फलामे छड र प्लास्टिकको पाइपले कुटेको बताए।
बालकलाई अहिले परिवारजनले घर लगेर उपचारमा राखेको छ।
सिरहाका कतिपय निजी विद्यालयहरुले विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा यातना दिने, कुृटपीट गर्ने घटना हुँदै आएको छ। यस्तो घटना दोहरी रहँदा धेरै घटनाहरु आथिएक लेनदेनमा मिल्ने गरेको छ। सरोकारबालाको मौनताले यहाँका बालबालिकाहरु विद्यालयमा यातना भोग्न बाध्य वरहेको अधिकारकर्मीहरु बताउँछन्।






















