सिरहा, ३ असोज। सिरहामा ट्रकले किचेर एक पैदलयात्रिको मृत्यु भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ चोहर्वामा ना.४ ख ८५०४ नम्वरको मालबाहक ट्रकले किचेर स्थानीय पैदल यात्री करिव ५५ वर्षिय रामपृत मण्डलको मृत्यु भएको हो। 

पूर्वबाट पश्चिम तर्फ गईरहेको ट्रकले पैदल यात्रीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

किच्ने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ। शवको घटनास्थल मुचुल्का उठाउने कार्य भईरहेको र पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भईरहेको प्रहरीले बताए।