सिरहा, २ असोज। सिरहा प्रहरीले जेन्जी आन्दोलनको क्रममा लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई उनको घर अर्नमा २ ब्रह्मपुरीबाट नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अर्नमा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारबाट खटीकाएको संयुक्त टोलिले अर्नमामा गाउँपालिका २ ब्रह्मपुरीका २३ वर्षिय धिरज कुमार महतोलाई आज वेलुका ५ः२० बजे पक्राउ गरेको हो।
जेन्जी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट फरार रहेका प्रतिवादी महतोलाई गाउँघरमै लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरीले घरबाटै पक्राउ गरेको जल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
उनलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा खाखिला गरिको जनाएको छ।






















