रौतहट, १ असोज। मधेश प्रदेशकी सांसद जैनब खातुनको निधन भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिका ५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
नेकपा एमालेका समानुपातिक सांसद खातुनको बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो परिवारीक स्रोतले जनाएको छ। उनको उपचारकै क्रममा निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।
उनको निधनको खबरपछि परिवारजन, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी शोकमा परेका छन्। स्थानीयवासीले उनको निधनलाई जिल्लाका लागि अपूरणीय क्षतिका रूपमा लिएका छन्।






















