काठमाडौं, ३१ भदौ। चिलिमे जलविद्युत आयोजनाको पावरहाउसभित्र चारजनाको शव फेला परेको छ। बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चार शव भेटिएका हुन्।

फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी छ। सुरक्षा निकाय र सम्बन्धित निकायले शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन्।

भदौ १० गते ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका १३ वटा जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजीकार्य जारी छ।