बर्दिवास, ३० भदौ। महोत्तरीमा नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन्। बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्।
एक सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयो बर्दिबासको टिमले उनलाई पक्राउ गरेको हो।
जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो। सोही आधारमा मंगलबार अपरान्ह ४ बजेको समयमा नापी कार्यालय अगाडि रहेको खाजा घरमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।






















